नेकपा एमालेको ग्रासरुट अभियान : काठमाण्डौमा कुन कुन नेता खटिए ?

नेकपा एमालेको ग्रासरुट अभियान : काठमाण्डौमा कुन कुन नेता खटिए ?

कपन अनलाइन

काठमाण्डौ ,फागुन ८।

नेकपा एमालेको ग्रासरुट अभियान संचालनका लागि काठमाण्डौ जिल्लाका ११ वटा स्थानीय तहहरुमा विभिन्न नेताहरुलाई जिम्मेवारी प्रदान गरिएको छ।

काठमाण्डौ जिल्लाका १ महानगरपालिका र १० वटा नगरपालिकामा अभियान संचालन गर्नका लागि नेकपा एमालेले ६ जना नेताहरुलाई जिम्मेवारी प्रदान गरेको छ।

कुन पालिकामा कुन नेता खटिए ?  

१.आनन्द पोखरेल : काठमाण्डौ महानगरपालिका

२. रचना खड्का : बुढानिलकण्ठ र गोकर्णेश्वर नगरपालिका

३.रुकमणि राना : टोखा र तारकेश्वर नगरपालिका

४.नबिना लामा : चन्द्रागिरी नगरपालिका

५.तुलसा दाहाल : नागार्जुन नगरपालिका

६.बिनोद श्रेष्ठ : किर्तिपुर र दक्षिणकाली नगरपालिका

हेर्नुहोस् सुची :

सो अभियानका लागि  एमालेले प्रदेश–१ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव टोपबहादुर रायमाझी र नेताहरू शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिम्मत कार्कीलाई खटाएको छ भने मधेस प्रदेशमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव रघुवीर महासेठ, नेताहरू गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल छन् ।

त्यस्तै, वागमती प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, काशीनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ छन् ।

त्यस्तै गण्डकी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, सचिव पद्माकुमारी अर्याल, नेताहरू किरण गुरुङ, खगराज अधिकारी र थममाया थापा छन् भने लुम्बिनी प्रदेशमा उपाध्यक्ष रामबहादुर थापा, छविलाल विश्वकर्मा, भीम आचार्य, राजन भट्टराई र शिवमाया तुम्बाहाम्फे, कर्णाली प्रदेशमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, सचिव योगेशकुमार भट्टराई, भानुभक्त ढकाल, यामलाल कँडेल र गोरखबहादुर बोगटी र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, लेखराज भट्ट, मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापा रहेका छन् ।

 

तपाइँको प्रतिक्रिया ।