बुढानिलकण्ठ नगरपालिका वडा नं ९ मा सामुदायिक भवन शिलान्यास

बुढानिलकण्ठ नगरपालिका वडा नं ९ मा सामुदायिक भवन शिलान्यास

कपन अनलाइन

काठमाण्डौ ,फागुन ७।

बुढानिलकण्ठ नगरपालिका वडा नं ९ मा सामुदायिक भवन शिलान्यास गरिएको छ।

वडा नं ९ गेट कलेज अगाडिको सार्वजनिक जग्गा संरक्षण गर्दै निर्माण हुन् लागेको सो  बहुउपयोगी सामुदायिक भवन निर्माणको शिलान्यास नगर प्रमुख मिठाराम अधिकारीले गरेका थिए।

करिव १ करोड २० लाखको लागतमा निर्माण हुन् लागेको सो भवन शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समिती काठमाण्डौ उपप्रमुख तथा वडा नं ९ की सदस्य शान्ति पाण्डे, बुढानिलकण्ठका प्रथम प्रमुख उद्दव खरेल , उपप्रमुख अनिता लामा ,प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछाने सहित विभिन्न वडाका अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो।

वडा नं ९ की अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेको अध्यक्षतामा भएको भवन शिलान्यासको औपचारिक कार्यक्रम भन्दा पहिला भवन निर्माण स्थलमा बैदिक सनातन विधिबाट भुमि पुजन समेत गरिएको थियो।

 

तपाइँको प्रतिक्रिया ।