गोकर्णेश्वरमा महादेव मन्दिर परिसरमा महाशिवरात्री बिशेष गङ्गा आरती सम्पन्न

गोकर्णेश्वरमा महादेव मन्दिर परिसरमा  महाशिवरात्री बिशेष गङ्गा आरती सम्पन्न

कपन अनलाइन

काठमाडौं, फाल्गुन ७ ।महाशिवरात्रीको अवसरमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णेश्वर महादेव मन्दिरमा बिशेष बागमती गङ्गा आरती  सम्पन्न  भएको छ। गोकर्णेश्वर बागमती गङ्गा आरति उपसमितिले हरेक महिनाको अन्तिम सोमबार  गर्दै आएको बागमती गङ्गा आरति शिवरात्रिको अवसरमा बिशेष  बागमती गङ्गा आरती गरिएको हो   । अपरान्ह ४ बजे देखि भजन किर्तन सहित आयोजना  भएको  उक्त कार्यक्रममा भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

जटा टवी गलज्जलप्रवाह पावितस्थले गलेऽव लम्ब्यलम्बितां भुजंगतुंग मालिकाम्।डमड्डमड्डमड्डमन्निनाद वड्डमर्वयं चकारचण्डताण्डवं तनोतु नः शिव: शिवम् ॥१॥ यो शिब ताण्डब स्त्रोतम घन्किना साथ सयौंका संख्यामा उपस्थित  सबै जना भक्ति भावका साथ उत्साहित हुदै साङ्गीतिक आरतीको माहोलमा भुलेका देखिन्थे ।धार्मिकस्थलहरुको विकास संगै पर्यटकहरुको  आकर्षण बढाउने उदेश्य सहित सुरु गरिएको बागमती गङ्गा आरती शिवरात्रीलाइ  बिसेष बनाउनको लागि पनि बिशेष बागमती गङ्गा आरती राखिएको गोकर्णेश्वर बागमती गङ्गा आरति उपसमितिले जनाएको छ ।

हरि बहादुर थापाको परिवार कर्ता भएर आयोजना गरिएको गोकर्णेश्वर गंगा आरती कार्यक्रममा  नगर प्रमुख दीपक कुमार  रिसाल लगायतले  सहभागिता जनाएका  थिए । नेपालका विभिन्न शैव मन्दिरहरूमध्ये गोकर्णेश्वर महादेव मन्दिर एक महत्त्वपूर्ण र प्रसिद्ध तीर्थस्थलका रूपमा परिचित छ । नेपाल माहात्म्यमा शिवरूपी एक सिंगे मृगको सिगलाई भगवान् ब्रहृमाले महालिङ्गका रूपमा गोकर्णको वाग्मती तटमा गोकर्णेश्वर महादेवको नामले स्थापना गरेको उल्लेख छ ।

तपाइँको प्रतिक्रिया ।