भेनस नेसनल कलेज गोकर्णेश्वर ८ को स्पोर्ट्स कार्निभल २०७९ शुरु

भेनस नेसनल कलेज गोकर्णेश्वर ८ को स्पोर्ट्स कार्निभल २०७९ शुरु

कपन अनलाइन

काठमाडौं माघ २५ । गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेशीगाउमा संचालित भेनस नेसनल  कलेजको  खेलकुद सप्ताह  मंगलबार बाट शुरु भएको छ । भेनस स्पोर्ट्स कार्निभल नाम दिइएको  उक्त कार्यक्रमको  मंगलबार कलेज प्राङ्गणमा उद्घाटन गरिएको थियो ।

बिभिन्न २२ वटा खेल समाबेश गरिएको सो खेलकुद कार्यक्रमको प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालले बेलन उडाइ खेल सामग्री हस्तान्तरण गरि  उद्घाटन  गरेका हुन बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष पेमाछिरी शेर्पाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा प्याब्सन कागेश्वरी मनोहरा अध्यक्ष श्रीराम दाहाल, प्याब्सन गोकर्णेश्वर अध्यक्ष डी एन शिवाकोटी,  गोकर्णेश्वर नेसनल प्याब्सन अध्यक्ष मोहन अधिकारी,भेनसका   क्याम्पस चिफ कृष्ण  गौतम, भेनस स्कुलका प्रिन्सिपल नेत्र दाहाल, बिभिन्न बिध्यालयका प्रिन्सिपल शिक्षक बिद्यार्थी तथा खेलाडीहरुको उपस्थिति रहेको कार्यक्रम संचालन भेनस कलेजका पब्लिक रिलेसन अफिसर बिनित राज अर्यालले गरेका थिए ।

भेनस कलेजको कक्षा ११ र १२ मा अध्ययनरत बिभिन्न फ्याकल्टीका बिद्यार्थीहरुको  सहभागीता  रहेने सो कार्यक्रममा ओलम्पिकमा जस्तै  खेल सकिने बित्तिकै पुरस्कार वितरण गरिने कलेजले जनाएको छ ।राष्ट्रिय गान संगै शुरु भएको सो कार्यक्रममा भेनस कलेजका बिद्यार्थीहरुले मार्चपास र स्वागत नृत्य मार्फत मनोरंजन प्रदान गरेका थिए ।कार्यक्रममा भेनस स्कुलका प्रिन्सिपल नेत्र दाहालले स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रममा भेनस कलेजका क्याम्पस चिफ कृष्ण गौतमले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै कलेजले औपचारिक शिक्षामा मात्र नभई खेलकुदलाई समेत प्राथमिकता दिएको बताए। उनले  खेलकुदले अनुशासित बन्न सहयोग गर्दै विद्यार्थीको सर्वाङ्गिण विकासमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे। उनले शैक्षिक क्रियाकलाप सँगै शारीरिक विकासका  लागि खेलकुद सप्ताह आयोजना गरिएको बताए। उनले भेनस कलेजले बिद्यार्थी केन्द्रित कार्यक्रमलाइ बिशेष प्राथमिकतामा राखेर बिभिन्न कार्यक्रम आयोजना गर्दै आएको जानकारी गराउदै कलेज लेभलका बिद्यार्थी भित्र रहेको खेलकुदको रुचीलाइ मध्यनजर गर्दै सो कार्यक्रम आयोजना गरिएको बताए।

उनले हाललाई आन्तरिक खेलकुद गरिएको भन्दै भबिष्यमा अन्तर कलेज खेलकुदका कार्यक्रम पनि संचालन गर्ने बताए। बिधार्थीको सैद्धान्तिक सँग सँगै सर्वाङ्गगिण विकासमा सहयोग पुगोस भन्ने उद्देश्य सहित  क्याम्पसले यस्ता कार्यक्रमलाइ निरन्तरता दिने पनि बताए। स्तरीय र नियमित पठनपाठनका साथै विद्यार्थीको मानसिक र शारीरिक विकासका लागि कलेजले कुनै कसर बाँकी नराख्ने पनि बताए।कार्यक्रममा प्याब्सन कागेश्वरी मनोहरा अध्यक्ष श्रीराम दाहाल, प्याब्सन गोकर्णेश्वर अध्यक्ष डी एन शिवाकोटी,  गोकर्णेश्वर नेसनल प्याब्सन अध्यक्ष मोहन अधिकारी लगायतले शुभकामना मन्तब्य राख्दै भेनस कलेजले छोटो समयमा नै चर्चा कमाएको बताउदै  भेनस कलेज  शैक्षिक जगतमा  आफ्नो विशिष्ट र मौलिक पहिचान कायम गर्न सफल भएको पनि बताएका थिए   ।

बालबालिकालाई पुस्तकमा मात्र सीमित राखेर गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिने भन्दै विद्यार्थीको रुचिका क्षेत्रहरूमा विचार पुर्याएर अतिरिक्त क्रियाकलाप मार्फत  उनीहरूमा निहित अन्तर्मुखी प्रतिभालाई प्रस्फुटन गर्न पर्ने बताएका थिए । उनले  सबै बालबालिकामा सबै किसिमको वा एकै किसिमको रुचि र क्षमता नहने भएर विद्यार्थीका रुचिका क्षेत्र पहिल्याएर मार्गदर्शन गरिरहनु शिक्षक तथा अभिभावकको दायित्व  भएको पनि बताएका थिए । विद्यार्थीको मानसिक, बौद्धिक र शारीरिक विकासमा अतिरिक्त क्रियाकलापले थप ऊर्जा प्रदान गर्ने पनि बताउदै  खेल सप्ताह सफलताको कामना गरेका थिए। सभाध्यक्षको आसन बाट बोल्दै कलेज व्यवस्थापन समितिका अध्यक्ष पेमा छिरी शेर्पाले उपस्थित सबैलाई धन्यवाद दिदै यस्ता कार्यक्रमले बिद्यार्थीहरुको मनोबाल बढाउने हुँदा आगामी दिनमा पनि कार्यक्रमले निरन्तरता पाउने बताए ।

 

 

तपाइँको प्रतिक्रिया ।