लर्ड बुद्ध ईन्स्टिच्युटले ८ औं संस्करणको  म्याथम्याटिक्स टपर्स कम्पिटिसन गर्दै

लर्ड बुद्ध ईन्स्टिच्युटले ८ औं संस्करणको  म्याथम्याटिक्स टपर्स कम्पिटिसन गर्दै

कपन अनलाइन

काठमाडौँ, माघ २३ । गोकर्णेश्वर जोरपाटीमा रहेको लर्ड बुद्ध ईन्स्टिच्युटले ८ औं संस्करणको  म्याथम्याटिक्स टपर्स कम्पिटिसन  गर्ने भएको छ । म्याथम्याटिक्स रिसर्च एण्ड  स्टडीज  सेन्टर (मार्स)संगको सहकार्यमा  २०७९ साल फाल्गुन १३ गते शनिबार नामी कलेज नारायणटारमा बिहान ७ बजे  उक्त  प्रतियोगिता  हुने  लर्ड बुद्ध ईन्स्टिच्युटका म्यानेजिंग  डायरेक्टर  बिधान लिम्बुले  पत्रकार सम्मेलन मार्फत जानकारी गराए । गणित विषयको सिकाइ उपलब्धि वृद्धि गर्ने गणित बिषयमा बिद्यार्थीको रुची अभिवृद्धि गर्ने उदेश्य सहित बिगत देखि संचालन  गर्दै आएको उक्त प्रतियोगितालाइ निरन्तरता  दिन लागेको जानकारी गराए ।

कोभिड पश्चात गणित बिषयमा बिद्यार्थीहरुले राम्रो परिणाम हासिल गर्न चुकिरहेको र प्रतिभाशाली विद्यार्थीहरुको सही  मूल्यांकन नहुँदा गणित विषयको जग भासिदै गएको कारण बिद्यार्थीहरुको मनोबल पनि घट्दै गइरहेको अवस्था लगायतको समस्याहरुलाई मध्य नजर गर्दै लर्ड बुद्ध इष्टिच्युटले विद्याथीहरुलाई गणित विषयमा आफ्नो प्रतिभा प्रस्तुत गर्न उनीहरुलाई राम्रो अवसर प्रदान गर्नका साथै  इच्छाशक्ति कायम राख्नको  प्रतियोगिता आयोजना गर्न लागेको लर्ड बुद्ध इन्सिच्युटका कोर्डिनेटर असित मान श्रेष्ठले जानकारी गराए ।

उनले बिगतका संस्कारणमा ९५ भन्दा बढी विद्यालयका प्रति बिद्यालयका  सर्वोकृष्ट ५ जना विद्यार्थी प्रतिष्पर्धामा सहभागी भएको स्मरण गर्दै यस पटक पनि १०० भन्दा बढी विद्यालय सहभागी हुने वृहत प्रतिष्पर्धामा विभिन्न शैक्षिक संघ संस्थाहरु प्याब्सन काठमाडौं, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शंखरापुर  इसान, निशान, एन प्याब्सन प्याब्सक, टेन, पेफ , फेका काठमाडौं , डेनकाठमाडौं लगायतको सहयोग रहेको पनि उनले जानकारी  गराए । उनले उक्त प्रतियोगिता सफलतापुर्वक सम्पन्न गर्नको लागि सबैको साथ र सहयोगको अपेक्षा समेत गरेको छ ।

पत्रकार सम्मेलनमा  प्याब्सन गोकर्णेश्वर अध्यक्ष डी एन शिवाकोटी, एन प्याब्सन गोकर्णेश्वर नगर अध्यक्ष मोहन अधिकारी निशान अध्यक्ष सौर्यनाथ आचार्य, इसानका केन्द्रीय अध्यक्ष मदनराज रेग्मी,प्याब्सन कागेश्वरी मनोहरा अध्यक्ष श्रीराम दाहाल,एनप्याब्सन कागेश्वरी अध्यक्ष अमृत खड्का लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो  ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।