बौद्ध प्रहरी वृत्तलाई कागेश्वरी मनोहरा नगरपालिकामा सार्ने तयारी

बौद्ध प्रहरी वृत्तलाई कागेश्वरी मनोहरा नगरपालिकामा सार्ने तयारी

कपन अनलाइन

काठमाडौं माघ १८  ।काठमाडौंको बौद्धमा रहेको प्रहरी वृत्तलाई कागेश्वरी मनोहरा नगरपालिकामा सार्ने तयारी भएको छ। कागेश्‍वरीको वडा नम्बर ६ मा उक्त वृत्त सार्ने तयारी  अनुरुप फिल्ड निरीक्षण र छलफल सम्पन्न भएको छ । कागेश्वरी मनोहरा नगर प्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा भएको उक्त छलफलमा नेपाल प्रहरी  उपत्यका ईन्चार्ज दिवस लोहनि  नेपाल प्रहरी  काठमाडौ प्रखुख दान बहादुर कार्की वडा अध्यक्ष प्रकाश फुयाल  बौद्ध प्रहरी प्रमुख  हरि बस्नेत लगायत स्थानीयको उपस्थिति मा छलफल भएको हो ।

कागेश्वरीमा बढ्दो जनसंख्यासँगै अपराधका घटनामा वृद्धि भएकोले शान्ति सुरक्षाका लागि प्रहरी वृत्त सार्ने तयारी सुरु गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले जानकारी दिएका छन ।उनका अनुसार प्रहरी वृत्त स्थापनाका लागि नगरपालिकाले सम्पूर्ण सहयोग गर्न तयार रहेको बताउदै   उनले प्रहरी प्रशासनलाई आधुनिकीकरण गर्दै नगरबासीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी सफल हुने विश्‍वाश व्यक्त गरेका छन् ।

कागेश्वरी मनोहराभित्र बौद्ध प्रहरी वृत्त राख्‍न  आफू बढी जागरुक र चिन्तित रहेको जानकारी दिदै नगर प्रमुख कार्कीले सो  प्रक्रियालाई हप्ता १० दिनमै टुंग्याउने गरी अगाडि बढेका जानकारी दिएका छन । उनले प्रक्रिया लामो भएर अलमलियो भने दोस्रो वैकल्पिक उपाय आफूसँग रहेको बताउँदै काम थाल्‍न पनि उनले प्रहरीलाई आग्रह गरेका छन्।

 

तपाइँको प्रतिक्रिया ।