गोकर्णेश्वर ३ को स्वास्थ्य चौकीमा ल्याब तथा भिडियो एक्सरे सेवा सुभारम्भ

गोकर्णेश्वर ३ को स्वास्थ्य चौकीमा  ल्याब तथा भिडियो एक्सरे सेवा सुभारम्भ

कपन अनलाइन

काठमाडौँ, माघ ११ । गोकर्णेश्वर नगरपालिका वडा नं ३ को स्वास्थ्य चौकीमा ल्याब तथा भिडियो एक्सरे सेवा सुभारम्भ भएको छ । आज वडा कार्यालयमा एक कार्यक्रमका बीच गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल, उप प्रमुख सान्नानी लामाले रिबन काटी उक्त सेवा सुभारम्भ गरेका  हुन ।

 

वडा अध्यक्ष मुरारी प्रसाद कुइकेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पुर्व वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी वडा सदस्यहरु बुद्दी बहादुर श्रेष्ठ कार्यपालिका सदस्य लक्ष्मी भण्डारी, चित्रमाया बिक  गोकर्णेश्वर नगरपालिका लेखा अधिकृत रामजी रायमाझी, स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय,प्रशासन तथा योजना शाखा प्रमुख भुपेन्द्र बोहोरा,नेकपा एमाले काठमाडौं जिल्ला सदस्य गोकुल बिष्ट , नेकपा एमाले गोकर्णेश्वर नगरकमिटी अध्यक्ष उद्दब बिष्ट   समाज सेवी तथा माओबादी केन्द्रका  स्थानीय नेता हर्क  तामाङ, स्वास्थ्य कर्मी, कर्मचारीर स्थानीयको उपस्थिति रहेको थियो ।

गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा सचिब यज्ञनिधि अधिकारीले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेको कार्यक्रमका प्रमुख अतिथि दिपक कुमार रिसाल उप प्रमुख सान्नानी लामा पूर्व वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी वडा सदस्य बुद्दी बहादुर श्रेष्ठ, नेकपा एमाले गोकर्णेश्वर नगरकमिटी अध्यक्ष उद्दब बिष्ट  समाज सेवी तथा माओबादी केन्द्रका  स्थानीय नेता हर्क  तामाङले  शुभकामना मन्तब्य राखेका थिए।

कार्यक्रमलाइ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि  नगरपालिका प्रमुख दिपक कुमार रिसाल तथा  बिशेष अतिथि  उप प्रमुख सान्नानी लामाले शुभकामना मन्तब्य राख्दै जनस्वास्थ्यको संवेदनशिलताका विषयमा आफुहरु गम्भीर रहेको भन्दै स्वास्थ्य सचेतना र निरोगिताका उपायहरुका बारेमा पनि सेवा प्रवाह गर्नेगरी ल्याब सेवा  शुरु गरिएको बताएका थिए । उनीहरुले स–साना स्वास्थ्य समस्याको  निवारण तथा  चेकजाँचको निम्ती ग्रामिण क्षेत्रका नागरीकले सास्ति खेपिरहेको अवस्थामा नगरपालिका अन्तर्गत वडा नं ३ मा रहेको स्वास्थ्य चौकीमा शुरु गरीएको ल्याब तथा भिडियो एक्सरे  सेवाले  वडा बासिलाइ धेरै राहत पुग्ने बताएका थिए  । उनीहरुले स्वास्थ्य सेवालाई सहजताका साथ प्रदान गर्न स्वास्थ्यकर्मीहरुलाई अनुरोध गरेका थिए ।समुदायलाई सहज र सुलभ स्वास्थ्य सुविधा उपलव्ध गराउने गरी स्वास्थ्य चौकीमा ल्याब सेवा र भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याइएको हुँदा त्यस बाट लाभ लिन  वडाबासीहरुलाई अनुरोध गरेका थिए ।

 नगरपालिकाले  वडा नं ५ र वडा नं ९ मा समेत ल्याब तथा भिडियो एक्सरे सेवा केहि दिनमा नै  सुरु गर्न लागिएको जानकारी दिदै  नागरिकको स्वास्थ्य प्रति नगरपालिका संबेदनशील रहेको बताएका थिए ।वडा तथा नगरबासीले अब भिडिओ एक्सरे र ल्यावकै लागि अन्य शहरका निजी क्लिनिक र अस्पताल धाएर महँगो शुल्क तिर्नु पर्ने बाध्यता हटेको  बताउदै आर्थिक खर्चको भार कम हुनुको साथै समयमै  गर्भवती महिलाले गर्भमा रहेको बच्चाको अवस्था थाहा पाउदा आमा र बच्चालाइ हुने जोखिम कम गर्न समेत् सहयोग पुग्ने बिश्वास ब्यक्त गरेका थिए ।

कार्यक्रममा अध्यक्षताको आसन बाट बोल्दै वडा अध्यक्ष मुरारी प्रसाद कुइकेलले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै ल्याब र भिडियो एक्सरे सेवा संचालन भए पछि ग्रामिण भेगका गर्भवती महिला वृद्दवृद्दा लगायतका बिरामी लाभान्वित हुने बताए । अव आफ्नै गाउँमा ल्याव सेवा पाएपछि  स्थानीय हर्षित भएका छन्  ।

तपाइँको प्रतिक्रिया ।