बुढानिलकण्ठ-१२ मा वडा कार्यालय र मेलम्ची आयोजनाका प्रतिनिधि विच छलफल

बुढानिलकण्ठ-१२ मा वडा कार्यालय र मेलम्ची आयोजनाका प्रतिनिधि विच छलफल

कपन अनलाइन

काठमाण्डौ ,माघ ११।

बुढानिलकण्ठ-१२ मा वडा कार्यालय र मेलम्ची आयोजनाका प्रतिनिधि विच छलफल भएको छ।

लामो समय देखि मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तारमा ढिलाई तथा विभिन्न समस्याहरु देखिएपछि वडा नं १२ कार्यालयको आयोजनामा छलफल भएको हो।

माघ ११ गते वडा नं १२ को कार्यालयमा भएको छलफलमा वडा अध्यक्ष शम्भु प्रसाद भट्टराई,नगर कार्यपालिका सदस्य तथा वडा नं १२ की सदस्य शान्ता ढकाल पुडासैनी ,वडा सदस्य मीना बयलकोटी,आयोजनाका साइट इन्जिनियर मुकेश कुमार यादव ,योजनाका जनसम्पर्क अधिकृत मोहन प्रसाद आचार्य सहित वडा नं १२ का विभिन्न टोलविकास समितिका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो।

सो छलफलमा आगामी दिनमा टोल विकास संस्थाहरु संगको समन्वयमा पाइपलाइन विस्तार गर्नुपर्ने तथा एउटा टोलमा निर्माण सम्पन्न भएपछि मात्र अर्को टोलमा काम शुरु गर्ने वारेमा गहन छलपल गरिएको थियो।

त्यस्तै सो छलफलमा  मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तारका क्रममा बिग्रिएको सडक तुरुन्त निर्माण तथा मर्मत गर्ने वारेमा पनि सहमति भएको। छ

तपाइँको प्रतिक्रिया ।