सिम्पल आर्ट्स बानेश्वरले रजत महोत्सवमा पाँच प्रतिभाहरुलाई सम्मान गर्ने
कपन अनलाइन
काठमाण्डौ ,माघ ११।
सिम्पल आर्ट्स बानेश्वरले क्षेत्रका पाँच राष्ट्रिय व्यक्तित्वहरुलाई सम्मान गर्ने भएकाे छ ।
संस्थाले २५औँ वर्ष अर्थात रजत महोत्सवको अवसर पारेर विभिन्न पाँच प्रतिभाहरुलाई सिम्पल सम्मान २०७९ प्रदान गर्न लागेकाे हाे ।
यस पटक शिक्षासेवी शेषमणि भट्टराई, साहित्यकार ललिता दोषी, पत्रकार तथा साहित्यकार केशवराज पाठक, कलाकार तथा निर्माता प्रज्ञा जोशी र गायिका स्वेता उप्रेतीलाई सो सम्मान प्रदान गरिने सिम्पल आर्ट्सले जनाएको छ ।
संस्थाका संस्थापक अध्यक्ष सङ्गीतकार तथा चलचित्र निर्देशक केशव सान्दाइको संयोजकत्वमा बनेको प्रतिभा चयन समितिको सिफारिसको आधारमा सो प्रतिभा चयन गरेको जनाइएको छ ।
आगामी फागुन ७ गते विशेष कार्यक्रम बीच सो सम्मान अर्पण गरिने संस्थाका अध्यक्ष गायक पुष्कर जङ्गमले बताएका छन ।२०५५ सालदेखि सिम्पल आर्ट्स बानेश्वरले निरन्तर रुपमा साहित्य, सङ्गीत, कला र अन्य क्षेत्रका राष्ट्रिय व्यक्तित्वहरुलाई सिम्पल सम्मान अर्पण गर्दै आएको छ ।