अन्नपूर्ण बुद्धिचाल प्रतियोगिताको उपाधि फिडे मास्टर रुपेश जैसवाललाई

अन्नपूर्ण बुद्धिचाल प्रतियोगिताको उपाधि फिडे मास्टर रुपेश जैसवाललाई

कपन अनलाइन

काठमाण्डौ ,माघ ८।

अन्नपूर्ण  क्लब (आर सिटी को ९० औं बार्षिकोत्सवको उपलक्ष्यमा अन्नपूर्ण  क्लब (आरसिटी) खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको  उपाधि   फिडे मास्टर रुपेश जैसवालले हात पारेका छन्।
शनिबार सम्पन्न भएको आठौं चरणको खेलमा फिडे मास्टर क्षितिज भण्डारी र नवौं चरणको खेलमा नेपाल च्याम्पियनसंग बराबरी खेलेका थिए  उनले प्रतियोगितामा सात जीत र दुइ बराबरी खेली ८ अंक सहित उपाधि हात पारेका हुन। उन नगद  पुरस्कार रु ३० हनार हात पारे।
त्यसैगी नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईं दोस्रो स्थानमा रहे।
चौथो चरणको खेलमा पराजित भएका पुरुषोतम बाकी खेलमा राम्रो नतिजा आत्मसात गरि ७ खेलमा सफलता हात पारे भने अन्तिम चरणमा रुपेशसंग बराबरी खेले। उनले आठौं चरणको खेलमा ललितपुर रका सरोज  महर्जनलाई पराजित गरे। उनले नगद २० हजार पाए। उनको साढे ७ अंक रहेकोछ।
फिडे मास्टर क्षितिज भण्डारी ७ अंक सहित तेस्रो स्थानमा रहेर १० हजार हात पारे। उनले दुवै खेल बराबरी खेलेका थिए।
त्यस्तै काठमाडौका सुमन लामा चौथो , ललितपुर का सरोज महर्जन र सजिन महर्जन पाँचौ  र छैटौं स्थानमा रहि क्रमशः ७ हजार ५ हजार र ४ हजार हात पारे।
उत्कृष्ट दश भित्र काठमाडौा  सुदिप तामाङ ,पुर्व नेपाल च्याम्पियन  सुरवीर लामा, तेह्रथुमका हरी सुब्बा ,र दोलखाका राजिव कार्की रहेका छन्।
महिलातर्फ काठमाडौकी  विनिता कपाली पहिलो र सिन्दीरा जोीशी दोस्रो स्थानमा रहहिन। दुवैको समान ६ अंक नै भए पनि प्रोग्रेसिभ टाई ब्रेकको आधारमा विनिताले सिन्दिरालाई पछि पारेका हुन। झापाकी पुनम प्रसाईं तेस्रो स्थानमा रहिन।
तसैगरी भेट्रानतर्फ भक्तपुरका गणेशमान दुवाल, काठमाडौका जनार्दन श्रेष्ठ र पुण्यमान कर्माचार्य पहिलो, दोस्रो र तेस्रो भए भने यु १६ र सुप्रभ सागर श्रेष्ठ  १४ तर्फ पुरुषोत्तम सिलवाल र  उत्कृष्ट ठहरिए। छात्रतर्फ तिलिङटार माविका पूर्णिमा गुरुङ प्रथम स्थानमा रहिन्।
समापन समारोह प्रदेशसभा सांसद हरीप्रभा श्रेष्ठ खड्गीले बिजेता खेलाडीहरुलाई नगद पुरस्कार तथा ट्रफी प्रदान गरे।
अन्नपूर्ण ( आर सिटी) क्लवको आयोजनामा भएको चार दिने प्रतियोगितामा ४० जिल्लाका १३८ जना खेलाडीहरुको सहभागीता रहेको थियो।
तपाइँको प्रतिक्रिया ।