बुढानीलकण्ठमा सीप सम्मेलन तथा कृषि मेला हुँदै, स्टल बुकिङका लागि आवेदन माग
कपन अनलाइन
काठमाण्डौ ,माघ ६ ।
बुढानीलकण्ठ नगरपालिकाभित्र रहेका विभिन्न लघु उद्यम, घरेलु तथा साना उद्यम एवं गृह श्रमिकहरु मार्फत् उत्पादन भए गरेका वस्तु तथा सेवाहरूको पहिचान, प्रवर्द्धन तथा प्रसार गरि व्यावसायिक स्तरोन्नतिका लागि विक्री एवं बजारीकरण, स्थानीय सीपको सूचीकरण एवं उत्पादनलाई प्रोत्साहित गरि आत्मविश्वास, आत्मनिर्भरता वृद्धि तथा स्वरोजगारमा टेवा पुयाउने उद्देश्यले बुढानीलकण्ठ नगरपालिकाले दुई दिने बुढानीलकण्ठ सीप सम्मेलन तथा कृषि मेला कार्यक्रमको आयोजना गर्न लागेको छ ।
कार्यक्रममा बिक्री तथा प्रदर्शनीमा राख्न पाइने सामग्रीहरुको विवरणः
१. बुढानीलकण्ठ नगरपालिकाभित्रै स्थायी, अस्थायी बसोबास गरि विभिन्न घरेलु तथा लघु उद्यम मार्फत् वा गृह श्रमिकको रुपमा उत्पादन गरेका विभिन्न घरेलु तथा स्थानीय श्रम, सीप प्रयोग गरि उत्पादन गरेका वस्तु तथा सेवाहरु,
२. बुढानीलकण्ठ नगरपालिकाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गरी विभिन्न मौलिक, धार्मिक,पुरातात्विक, सांस्कृतिक, दुर्लभ उत्पादनको वस्तु तथा सेवाहरु,
३. बुढानीलकण्ठ नगरपालिकाभित्र उत्पादन भएका कृषि तथा पशुजन्य उत्पादनहरू (माछामासु बाहेक)
४. बनाउँदै पकाउँदै बिक्री गर्ने उद्देश्यले कुनै पनि खाद्यपदार्थको स्टल राख्न दिइनेछैन ।
कार्यक्रममा भाग लिन पूरा गर्नुपर्ने शर्तहरू:
१. विक्री तथा प्रदर्शनीका लागि राखिएका उत्पादनहरू नगरपालिकाभित्रै उत्पादन भएको हो भन्ने प्रमाणिकरण सम्बन्धित वडा कार्यालयबाट गराउनुपर्दछ ।
२. कार्यक्रममा विक्री तथा प्रदर्शनी स्टल कक्ष बुकिङ गर्न आवेदनका साथ शुल्क रु. १००।- (अक्षेरुपी एक सय मात्र बुझाउनुपर्नेछ ।
३. सामान विक्री तथा प्रदर्शनीका लागि नगरपालिकाले स्टल उपलब्ध गराउनेछ । एक व्यक्ति, फर्म वा समूहलाई एउटा मात्र स्टल उपलब्ध हुनेछ । ४. आफूले भर्ने आवेदन फाराममा बिक्री तथा प्रदर्शनी स्टलमा राखे वस्तुको नाम प्रष्ट खुल्ने गरि उल्लेख गरेको हुनुपर्दछ । साथै स्टलमा राख्ने ब्यानर समेत आफ्नो उत्पादन र आफ्नो पहिचान खुल्नेगरि उल्लेख गरी बनाएर ल्याउनुपर्दछ
५. आफ्नो स्टल, सामानको सुरक्षा तथा आफ्नो स्टलबाट निस्कने फोहोरमैलाको व्यवस्थापन आफैले गर्नुपर्नेछ ।
६. कृषि तथा पशुजन्य उत्पादनका लागि स्टल बुकिङ आवेदन नगरपालिकाको कृषि शाखामा र अन्य उत्पादनका स्टल बुकिङका लागि उद्योग तथा पर्यटन विकास शाखामा आवेदन दिनुपर्नेछ ।
७. आवेदन फाराम नगरपालिकाको वेबसाइट www.budhanilkanthamun.gov.np मा पनि उपलब्ध छ । आवेदन फाराम माघ १८ गते ५:०० बजेभित्र नगरपालिकामा बुझाई सक्नुपर्नेछ ।
८. यस कार्यक्रममा सबैभन्दा वढी उत्पादन बिक्री गर्न सक्षम व्यक्ति, फर्म वा समूहलाई उचित पुरस्कारको व्यवस्था गरिनेछ । तसर्थ सम्बन्धित स्टल बुकिङकर्ताले क्रेताको संख्या बढ्ने गरि प्रचारप्रसार गर्नहुन पनि अनुरोध गरिन्छ ।
९. थप जानकारीको लागि सम्पर्क नं. ९८४९२८८२७२. ९८६९४१४९४३, ९८६०९०४६४० मा सम्पर्क गर्न सकिनेछ ।
बुढानीलकण्ठ सीप सम्मेलन तथा कृषि मेला (बिक्री, प्रदर्शन तथा प्रवर्द्धन) कार्यक्रमः मितिः २०७९ माघ २० र २१ गते
समयः विहान ८:०० बजेदेखि साँझ ५:०० बजेसम्म
स्थान: बुढानीलकण्ठ मन्दिर परिसर ( मन्दिरको उत्तरतर्फ )।