खगेन्द्र नवजीवन केन्द्रको स्थापना दिवसको अवसरमा आयोजित विविध कार्यक्रम सम्पन्न

खगेन्द्र नवजीवन केन्द्रको स्थापना दिवसको अवसरमा  आयोजित विविध कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं,माघ ६ । नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रका संस्थापक स्व खगेन्द्रबहादुर बस्नेतको ९५औँ जन्मजयन्ती र संस्थाको ५३औँ स्थापना दिवस विविध  कार्यक्रम गरी मनाइएको छ ।संस्थाको केन्द्रीय कार्यालय जोरपाटी नारायणटारमा नेपाल अपाङ्ग संघ,खगेन्द्र नवजीवन केन्द्रको अध्यक्ष साम्देन लामाको अध्यक्षतामा  भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका उप प्रमुख सान्नानी लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ६का वडा अध्यक्ष नवराज लामा,  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा,  गोकर्णेश्वर नगरपालिका वडा नं ५ र ६ का वडा सदस्यहरु, संस्थाद्वारा सञ्चालित अर्थपेडिक अस्पतालका संस्थापक डा अनिलबहादुर श्रेष्ठ, संस्थाका पूर्वसभापति प्रा शङ्करराज पाठक, केन्द्रद्वारा सञ्चालित विद्यालयका पूर्वशिक्षक गोविन्द खनाल र डोल्मा ढाक्वा फाउण्डेशनका निर्देशक लोप्साङ डोल्मा लगायत आयोजक संस्थाका पदाधिकारी सहित स्थानीयको उपस्थिति रहेको थियो ।

राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।कार्यक्रममा प्रमुख अतिथि, बिशेष अतिथिहरुले नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रका संस्थापक स्व खगेन्द्रबहादुर बस्नेतको सालिकमा माल्यार्पण  गरेका थिए ।नेपाल अपाङ्ग संघ,खगेन्द्र नवजीवन केन्द्रको अध्यक्ष साम्देन लामाले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।

कार्यक्रममा संस्थाद्वारा सञ्चालित अर्थाेपेडिक अस्पतालका संस्थापक डा अनिलबहादुर श्रेष्ठ, संस्थाका पूर्वसभापति प्रा शङ्करराज पाठक, केन्द्रद्वारा सञ्चालित विद्यालयका पूर्वशिक्षक गोविन्द खनाल र डोल्मा ढाक्वा फाउण्डेशनका निर्देशक लोप्साङ डोल्मालाई कदरपत्रले सम्मान गरिएको थियो । सो अवसरमा टेबुल टेनिस, दौड, बास्केटबल, चित्रकला र घ्याम्पो फुटाउनेलगायतका प्रतियोगिता आयोजना गरिएको थियो भने विभिन्न विधाका खेलकुद प्रतियोगितामा सफल खेलाडीलाई पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा नगरप्रमुख रिसाल, उपप्रमुख सान्नानी लामा, वडाध्यक्ष नवराज लामा, संस्थाका कोषाध्यक्ष रामप्रसाद कोइराला, उपाध्यक्ष शरद अधिकारी लगायतले शुभकामना मन्तब्य राख्दै  संस्थालाई सहयोग जारी रहने बताएका थिए ।सो अवसरमा मारवाडी सेवा समिति झापाले अपाङ्गता भएका व्यक्तिहरूलाई भोजन गराउनुका साथै विभिन्न सामग्री हस्तान्तरण गरेको थियो ।  कार्यक्रममा  नेपालमै बनेको ह्विलचेयर समेत नगर प्रमुख दिपक रिसाल , उपप्रमुख सान्नानी लामा तथा यसै संस्थाका अध्यक्ष साम्देन लामाले अपाङ्गता भएका व्यक्तिहरूलाई प्रदान गरेका थिए  ।

 

तपाइँको प्रतिक्रिया ।