अन्नपूर्ण आरसीटी खुल्ला फिडे रेटिङ चेस : चार खेलाडीले संयुक्त रूपमा अग्रता लिए

अन्नपूर्ण आरसीटी खुल्ला फिडे रेटिङ चेस : चार खेलाडीले संयुक्त रूपमा अग्रता लिए

कपन अनलाइन

काठमाण्डौ ,माघ ५।

अन्नपूर्ण आरसीटी खुल्ला फिडे रेटिङ चेसको दोस्रो दिन बुधबार चौथो चरणको समाप्तीमा चार खेलाडीले संयुक्त रूपमा अग्रता लिएका छन् । चार अंकसहित शीर्ष स्थानमा रहेका खेलाडीमा फिडे मास्टर रूपेश जैसवाल, पूर्वनेपाल च्याम्पियन सुरवीर लामा, सरोज महर्जन र खोमप्रसाद तिमिल्सिना रहेका छन् ।

रूपेशले तेस्रो चरणमा चिरन बजगाईंलाई हराएयता चौथो चरणमा अर्जुन घिमिरेलाई पराजित गरे । सुरवीरले भने आयुष बोहरा र दीपक महर्जनलाई पराजित गरे । त्यस्तै सरोजले कीर्तिकुमार गुप्ता र सानुभाइ महर्जमाथि जित निकाले । खोमप्रसादले भने आषिश महर्जन र जनार्दन श्रेष्ठलाई पराजित गरे ।

प्रतियोगितामा फिडे मास्टर क्षिष्ति भण्डारी, पूर्वनेपाल च्याम्पियनद्वय बद्रीलाम नेपाली र नवीन तण्डुकार, सजिन महर्जन, सुमन लामा, गणेश दुवाल र हरि सुब्बा साढे तीन अंकसहित संयुक्त रूपमा दोस्रो स्थानमा छन् । पुरुषोत्तम चौलागाईं, पूण्यमान कर्माचार्य, सविनचन्द्र घिमिरे, श्रीकृष्ण श्रेष्ठ, सीताराम अग्रवाल, भगवतीप्रसाद शर्मा, जनार्दन श्रेष्ठ र अर्जुन घिमिरे तीन अंकको स्थितिमा छन् ।

तपाइँको प्रतिक्रिया ।