पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा र हिमपातको सम्भावना

कपन अनलाइन

काठमाण्डौ ,माघ ५ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदलिका कारण केही ठाउँमा सामान्य वर्षा हुने र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

आज दिउँसो र राति पश्चिम नेपालका केही ठाउँमा सामान्य वर्षा हुने र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।आज पश्चिम नेपालको सुदूरपश्चिम  र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार शुक्रबार पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षा हुने अनुमान गरिएको छ भने  उच्च पहाडी र हिमाली क्षेत्रमा भने शुक्रबार र शनिबार नै हिमपात हुने अनुमान रहेको छ ।

तपाइँको प्रतिक्रिया ।