गोकर्णेश्वर नगरपालिकाले गर्भवती महिलालाई ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम संचालन गर्ने
कपन अनलाइन
काठमाडौं माघ ४ । गोकर्णेश्वर नगरपालिकाले गर्भवती महिलालाई ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम संचालन गर्ने सम्बन्धी सार्वजनिक सुचना जारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले जारि गरेको उक्त सुचनामा गोकर्णेश्वर नगरपालिका अन्तर्गत निम्न मिति र स्थानमा गर्भवती महिलालाइ तालिम प्राप्त स्वास्थ्यकर्मीबाट निशुल्क अल्ट्रासाउण्ड गरिने हुँदा उक्त कार्यक्रममा सहभागी भई स्वास्थ्य लाभ लिन अनुरोध गरिएको छ ।
वडा नं २ मा माघ ३ गतेनयांपाटी स्वास्थ्य चौकी नयाँपाटीमा
वडा नं ८ मा माघ ४ गते बेशीगाउ शहरी स्वाथ्य केन्द्र बेशिगाउँमा
वडा नं ६ मा माघ ५ गते सर्वेश्वर शहरी स्वाथ्य केन्द्र किमालचौरमा
वडा नं ९ मा माघ ६ गते जोरपाटी स्वाथ्य चौकी आरुबारी
वडा नं ५ मा माघ ९ गते शहरी स्वाथ्य केन्द्र जोरपाटी
वडा नं ७ मा माघ १० गते शिवचोक शहरी स्वाथ्य केन्द्र शिवचोक
वडा नं ३मा माघ ११ गते बालुवा स्वास्थ्य चौकी, बालुवा
वडा नं १ मा माघ १३ गते सुन्दरीजल स्वास्थ्य चौकी मुलखर्क
वडा नं ३मा माघ १५ गते तारेभिर शहरी स्वाथ्य केन्द्रमा हुने भएको छ ।