गोकर्णेश्वर नगरपालिकाको दशौँ नगर सभा

गोकर्णेश्वर नगरपालिकाको दशौँ नगर सभा

कपन अनलाइन

काठमाडौं माघ १  ।  गोकर्णेश्वर नगरपालिकाको दशौँ नगर सभा शुरु भएको छ।  शुक्रबार  गोकर्णेश्वर नगरपालिकाको गोकर्ण फरेस्ट रिसोर्टमा भएको उक्त नगर सभाको उद्घाटन सत्रको अध्यक्षता नगर प्रमुख दिपक कुमार रिसालले गरेका थिए । सभामा नगर उप प्रमुख सान्नानी लामा प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ  प्रसाद सापकोटा , वडा अध्यक्षहरु नगर सभा सदस्यहरु, नगरका बिभिन्न शाखा प्रमुख सहित कर्मचारीहरुको उपस्थिति रहेको उक्त नगर सभा संचालन प्रशासन प्रमुख भुपेन्द्र बोहोराले गरेका थिए ।

नगर प्रमुख दिपक कुमार रिसालले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेको सभामा प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले नगरपालिकाको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए।  उनले आर्थिक वर्ष २०७९/८०को मङ्सिर मसान्त सम्ममा वादागत रुपमा राजस्व प्राप्तिको अवस्था  बारेमा जानकरी गराएको थिए। नगरपालिकाको राजस्व बार्षिक लक्ष्य ७३,००,०० ,०००,०० रहेको जानकारी गराउदै मङ्सिर मसान्त सम्म १८,३१,७९,०८७.५ रहेको जानकारी गराएका थिए ।

आर्थिक वर्ष २०७९/८०को ठेक्का बिवरण प्रस्तुत गर्दै जम्मा १६ वटा योजना रहेकोमा ३ वटा योजना सम्पन्न भएको र १३ वटा योजना सम्झौता भई संचालनमा रहेको जानकारी गराए। उनले आर्थिक वर्ष २०७९/८०को आयोजनाको ठेक्का बिवरण समेत प्रस्तुत गरेका थिए ।उनले सम्झौता भइकार्य संचालनमा ५ वटा आयोजना रहेको जानकारी गराएका थिए । उनले २१ वटा टेन्डर योजना रहेको जानकारी दिदै ३ वटा टेन्डर सम्पन्न भएको र १८ वटा कार्य भइरहेको जानकारी गराएका थिए ।आर्थिक वर्ष २०७९/८०को आयोजनाहरुको बारेमा जानकारी दिदै जम्मा  योजना संख्या ६६५ रहेको मा १७८ वटा योजना सम्झौता भएको र  १०५ वटा योजना सम्पन्न भएको,  त्यसै गरि ३८२ वटा योजना सम्झौता हुन बाँकी रहेको जानकारी गराएका थिए।

उनले बेरुजु स्थिति र फर्च्यौटको अवस्थाको बारेमा जानकारी दिदै आर्थिक वर्ष २०७७/७८ मा बेरुजु २१५१५००००  रहेको र २१८४१००० फर्छ्यौट भएको त्यसै गरि कुल बाँकी बेरुजु १९३३०९००० रहेको जानकारी गराए ।उनले २०७७/७८ सम्मको बेरुजु मध्ये ४,६४,००,०००.०० फर्छ्यौटको लागि महालेखा परिक्षण कार्यालयमा पेश गरेको समेत जानकारी गराए ।आर्थिक वर्ष २०७९/८० पौष मसान्त सम्मको चालु  खर्च तर्फ ११०० ४३१०० रहेको र खर्च  ४११५९९७५६ गर्दा ३७.४० प्रतिशत रहेको जानकारी गराए।त्यसै गरि पुजीगत  तर्फ १०९९५६९००० रहेको खर्च १५३१८२१२३ हुँदा १३. ९३प्रतिशत्  रहेको जानकारी गराए ।कुल बजेट २२०००००००० रहेको मा खर्च ५६४७८१८७९ भएको  प्रगति प्रतिशत २५.३७ रहेको जानकारी गराए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नवराज लामा गोकर्णेश्वर नगरपालिका प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष  नारायण बहादुर सुवेदी  उप प्रमुख सान्नानी लामा , नगर प्रमुख दिपक कुमार रिसालले शुभकामना मन्तब्य राखेका थिए । उनीहरुले जनचाहना अनुरुप नगरपालिका अघि बढिरहेको बताएका थिए ।  नगर सभामा संविधानमा र स्थानीय तह संचालन ऐन, २०७४ मा व्यवस्था भए अनुसार भएको सो  हिउँदे नगरसभामा चालु आ.व. २०७९/८० काे बजेट कार्यक्रम स्वीकृत भएदेखी ६ महिना भित्र कार्यान्वयन भएको  सम्पूर्ण काम र गतिविधिहरूका बारेमा छलफल गरिएको थियो  ।

तपाइँको प्रतिक्रिया ।