काठमाडौं बचत तथा ऋण सहकारी संघ लि (कास्कून ) को साधारण सभा सर्यो

कपन अनलाइन

काठमाण्डौ ,पुस २९।

काठमाडौं बचत तथा ऋण सहकारी संघ लि (कास्कून ) को साधारण सभा सरेको छ । कास्कूनको निर्वाचन उपसमितिले पुस ३० गते हुने भनिएको निर्वाचनलाई माघ २१ गतेलाई सारेको जानकारी दिदै निर्वाचन उपसमितिले संचालक समितिको निर्णय सहित अनुरोध भएपछि निर्वाचन तालिका परिवर्तन गरिएको बताएको छ।

सुचना :

 

को को थिए प्रतिस्पर्धामा ?  

काठमाडौं बचत तथा ऋण सहकारी संघ लि (कास्कून ) को निर्वाचनका लागि दिपक पनेरु प्यानलबाट बरिष्ठ उपाध्यक्षमा शालिकराम पुडासैनी, महिला उपाध्यक्ष बिनिता अधिकारी, महा सचिवमा बिरेन्द्र भण्डारी, सचिवमा लेमन श्रेष्ठ , कोषाध्यक्ष देवनारायण चौलागाईले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी सो प्यानलबाट सदस्यमा गोवर्धन केसी, राजकुमार लामा, रामेश्वर श्रेष्ठ, मुरारी भण्डारी, मनोज घिमिरे शेखर श्रेष्ठ, जयराम तिमिल्सिना, श्याम श्रेष्ठ र मिरा महर्जन रहेका छन् भने लेखा समितिको संयोजकमा गोमा ढुङ्गाना तथा सदस्यहरुमा तपन पोखरेल र बाबुराम आचार्यले उम्मेदवारी दिएका छन् ।

सो निर्वाचनका लागि नवराज अर्यालको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा निरञ्जन सेढाइ, महिला उपाध्यक्ष रीता श्रेष्ठ महा सचिवमा सीमा पुरी सचिवमा पुरुषोत्तम नेपाल, कोषाध्यक्ष सुवासचन्द्र घिमिरेले उम्मेदवारी दिएका छन्।

त्यसैगरी सदस्यमा राजेश कुमार श्रेष्ठ, खिलनाथ सिग्देल, अनन्त केसी, पुष्कर सापकोटा, रोशनबाबु श्रेष्ठ, दामोदर लम्साल, कृष्णप्रसाद आचार्य, श्रीराम केसी र मनबहादुर तामाङले उम्मेदवारी दिएका छन् भने  लेखा संयोजकमा अनिता थापा अधिकारी र सदस्यमा पुण्यप्रसाद सापकोटा दामोदर पौडेलको उम्मेदवारी दिएका  छन ।

त्यस्तै दिपक पनेरु प्यानलबाट बरिष्ठ उपाध्यक्षमा शालिकराम पुडासैनी, महिला उपाध्यक्ष बिनिता अधिकारी, महा सचिवमा बिरेन्द्र भण्डारी, सचिवमा लेमन श्रेष्ठ , कोषाध्यक्ष देवनारायण चौलागाईले उम्मेदवारी दिएका छन् ।

कास्कुनमा अध्यक्ष सहित १५ सदस्यीय संचालक समिति तथा तीन सदस्यीय लेखा समिति रहने व्यवस्था छ ।

तपाइँको प्रतिक्रिया ।