संस्थागत विद्यालय संघ नेपाल (इसान) द्वारा आयोजित तेस्रो इसान प्रिन्सिपल कप फुटसल प्रतियोगिता शुरु

संस्थागत विद्यालय संघ नेपाल (इसान)  द्वारा आयोजित  तेस्रो इसान प्रिन्सिपल कप फुटसल प्रतियोगिता शुरु

कपन अनलाइन

काठमाडौँ, पौष २३ । संस्थागत विद्यालय संघ नेपाल (इसान)  द्वारा आयोजित  तेस्रो इसान प्रिन्सिपल कप फुटसल प्रतियोगिता शुक्रबार बाट लिम्पिया नेशनल स्कुलको फुटसलमा   शुरु  भएको छ । इसानका सदस्य विद्यालयमा शिक्षण गर्ने शिक्षकहरू बीच सञ्चालन  भएको  उक्त प्रतियोगिताको  उद्घाटन समारोहको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका उप प्रमुख  सान्नानी लामा रहेकी थिइन ।

 इसानका नव निर्वाचित अध्यक्ष मदनराज रेग्मीको अध्यक्षतामा भएको उक्त प्रतियोगिता उद्घाटन कार्यक्रममा इसानका पुर्व अध्यक्ष परिषदका संयोजक राजकुमार श्रेष्ठ, इसानका सल्लाहकार बालमुकुन्द कार्की,  उपाध्यक्ष साधना खतिवडा,,कुमार अधिकारी कोषाध्यक्ष थानेश्वर भुसाल सह कोषाध्यक्ष गुरु प्रसाद लुइँटेल लगायत इसान कार्य समितिका पदाधिकारी सहित सहभागी बिध्यालयका खेलाडी र खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको उद्घाटन समारोह संचालन  इसानका महासचिव गणेशप्रसाद खतिवडाले गरेका थिए।   शिक्षकहरूमा आपसी सहयोग र सद्भाव बढाउनका लागि आयोजित उक्त प्रतियोगितामा महिला टिम १४ वटा रहेको छ भने पुरुष १२ टिम  रहेका छन । इसानका उपाध्यक्ष साधना खतिवडाले स्वागत मन्तब्य राखेको कार्यक्रममा इसानका पुर्व अध्यक्ष परिषदका संयोजक राजकुमार श्रेष्ठले कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका उप प्रमुख  सान्नानी लामाले प्रतियोगिता सफलताको शुभकामना गरेकी थिइन उनले नगरपालिकामा खेलकुदका बिभिन्न कार्यक्रम भइरहेको जानकारी दिदै महिलाहरु समेत फूटबलमा खेल प्रति उत्साहित रहेको पाउदा खुसि लागेको बताए ।  उनले नगरपालिका भित्र खेल मैदान नहुदा  खेलाडीहरु अन्यत्र खेल्न जानुपर्ने बाध्यता रहेको भन्दै खेल मैदान निर्माणको लागि नगरपालिका लागि परेको जानकारी दिएकी थिइन । उनले खेल मैदान निर्माणको लागि डि पी आर बन्दै गरेको जानकारी दिदै एक बर्ष भित्रमा खेल मैदान निर्माणको कार्यले गतिलिने बिश्वास ब्यक्त गरेकी थिइन । कार्यक्रममा अध्यक्षताको आसन बाट बोल्दै इसानका नव निर्वाचित अध्यक्ष मदनराज रेग्मीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता प्रतियोगिताले निरन्तरता पाउने बताए ।

प्रतियोगीतामा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका उप प्रमुख सान्नानी लामाले रेफ्रीलाई बल हस्तान्तरण गर्दै खेलको उद्घाटन गरेकी थिइन प्रतियोगिताको पहिलो उद्घाटन खेल   प्रज्ञा सदन स्कुल र लिभिङ वर्ल्ड  एकेडेमीका महिला शिक्षकहरु बीच भएको थियो निकैनै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा २ गोलको अग्रता लिएको लिभिङ वर्ल्ड  एकेडेमीका शिक्षिकाहरुलाई हाल्फ़ टाइमपछि   प्रज्ञा सदनले  बराबरी गरेका थिए ।  निर्धारित समय सम्म  दुवै टिम बाट थप गोल गर्न नसके पछि  खेल ट्राइव बेकरमा गएको थियो । ट्राइव बेकरमा प्रज्ञा सदन स्कुलले  लिभिङ वर्ल्ड  एकेडेमीलाइ २-० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।  खेल  २५ गतेसम्म  संचालन हुने आयोजकले जानकारी गराएको छ  ।

तपाइँको प्रतिक्रिया ।