चन्द्रागिरि नगरपालिकाको नगर तथा वडाका कर्मचारीले प्रयोग गर्ने सरकारी सवारी साधनमा जि.पि.एस ट्रयाकिङ उपकरण जडान
कपन अनलाइन
काठमाडौं पौष २२ ।
चन्द्रागिरि नगरपालिकाले नगरपालिका कार्यालय तथा वडा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुले प्रयोग गर्ने सरकारी सवारी साधनहरुमा जि.पि.एस ट्रयाकिङ उपकरण जडान गरेको छ । कार्यालय समयमा कर्मचारीको वस्तुस्थितिको पहिचान गरि सेवाग्राहीलाई सेवा प्रवाहमा चुस्तता ल्याउन यस प्रणालीले सहयोग गर्नेछ ।
साथै सरकारी बिदाको दिनमा बिना अनुमति सरकारी सवारी साधनको प्रयोगमा पनि नियन्त्रण गर्नेछ भने यस प्रणालीले सरकारी सवारी साधनको चोरी पैठारी हुदा पनि तत्काल सुशुचित गरि सो को नियन्त्रण गर्न समेत ठुलो भुमिका खेल्न मदत गर्ने नगरपालिकाले बिश्वास लिएको छ ।
तपाइँको प्रतिक्रिया ।