बुढानीलकण्ठ नगरपालिका-८ गोल्फुटारमा दुर्घटना ,मोटरसाइकल चालकको मृत्यु

बुढानीलकण्ठ नगरपालिका-८ गोल्फुटारमा दुर्घटना ,मोटरसाइकल चालकको मृत्यु

कपन अनलाइन

काठमाडौं, पौष १९ ।

बुढानीलकण्ठ नगरपालिका-८ गोल्फुटारमा तीन जना सवार मोटरसाइकल दुर्घटना भएको छ।

उक्त दुर्घटनामा चालकको मृत्यु भएको छ भने पछाडि बसेका दुई सकुशल रहेको प्रहरीले जनाएको छ। बा४४प २४२२ नम्बरको मोटरसाइकल सोमबार बेलुकी दुर्घटना हुँदा सप्तरीको बोदेबर्साइन नगरपालिका ३ घर भई हाल गोल्फुटार बस्ने अन्दाजी १९ वर्षका  स्वयत कुमार साहको मृत्यु भएको भएको हो।

घाइते साहको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा राति सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।