बंगलादेशमा हुने चौथो अन्तर्राष्ट्रिय खुल्ला करांते च्याम्पियनशिपमा गोकर्णेश्वर बाट प्रतिनिधित्व गर्ने खेलाडीलाइ खेल सामाग्री प्रदान

बंगलादेशमा  हुने चौथो अन्तर्राष्ट्रिय खुल्ला करांते च्याम्पियनशिपमा गोकर्णेश्वर बाट प्रतिनिधित्व गर्ने खेलाडीलाइ खेल सामाग्री प्रदान

कपन अनलाइन

काठमाडौं पौष १८ ।  बंगलादेशमा आयोजना हुने चौथो अन्तर्राष्ट्रिय खुल्ला करांते च्याम्पियनशिप २०२३मा  गोकर्णेश्वर नगरपालिकाको    तोयाकान नेपाल बादोरियो कराते डो  संघ  बाट   सहभागी हुने खेलाडीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ  ।

गोकर्णेश्वर नगरपालिका वडा नं ९ को कार्यालयमा एक कार्यक्रमका बीच चौथो अन्तर्राष्ट्रिय खुल्ला करांते च्याम्पियनशिप २०२३मा  गोकर्णेश्वर नगरपालिका बाट सहभागी हुने अफिसियल सहित खेलाडीहरुलाई  गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले  प्रमुख प्रशिक्षक अरुण कुमार कार्की ,नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष संजय लामा र वडा अध्यक्ष राजीव थापालाइ  ट्रयाकशुट  र खेल सामग्री प्रदान गरेका हुन ।

नगरपालिका बाट ५  जना अफिसियल सहित १२ जना खेलाडीहरुले उक्त प्रतियोगितामा  प्रतिनिधित्व  गरेका छन । सामाग्री हस्तान्तरण गर्दै नगर  प्रवक्ता समेत रहेका गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले  चाखेलाडीहरुलाई नगरपालिकाको नाम राख्ने गरि उत्कृष्ट प्रदर्शन गर्दै उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुँदै विजयी हासिल गरेर र्फकन शुभकामना दिएका थिए । कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ४का वडा अध्यक्ष जयराम महत सहित खेलाडीहरुको सहभागिता रहेको थियो ।

 

 

तपाइँको प्रतिक्रिया ।