गोकर्णेश्वर ७ मा दोश्रो वडा अध्यक्ष कप तथा चौथो लाक्पा स्मृति कप फुटबल प्रतियोगिता सम्पन्न

गोकर्णेश्वर ७ मा दोश्रो वडा अध्यक्ष कप  तथा  चौथो लाक्पा स्मृति कप फुटबल प्रतियोगिता सम्पन्न

कपन अनलाइन

काठमाडौं पौष १८ ।गोकर्णेश्वर नगरपालिका वडा नं ७ मा दोश्रो वडा अध्यक्ष कप र चौथो लाक्पा स्मृति कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । खेल स्वास्थ्यको लागि खेलाडी राष्ट्रको लागि भन्ने मूल नाराको साथमा दक्षिणढोका उत्थान युवा क्लबको आयोजना तथा गोकर्णेश्वर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको प्रायोजनमा भएको उक्त प्रतियोगितामा   मध्यपुर थिमी क्लबले आयोजक  दक्षिण ढोका उत्थान  क्लबलाई पराजित गर्दै उपाधी हासिल गरेको हो।

 प्रथम भएको मध्यपुर थिमी क्लबले नगद रु १ लाख सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने दितीय भएको दक्षिण ढोका उत्थान  क्लबले नगद रु ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।बिजेता तथा उप बिजेतालाइ गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल गोकर्णेश्वर ७का  वडा अध्यक्ष केशब गुरुङ, गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष संजय लामा लगायतले पुरस्कार वितरण गरेका थिए।  कुल २१ टिम को सहभागिता रहेको उक्त प्रतियोगिता पौष ९ गते  बाट शुरु भइ पौष २१ गते सम्पन्न भएको हो ।

 

तपाइँको प्रतिक्रिया ।