थापाथलीका सुकुम्बासी हटाउन गृह मन्त्रालयलाई काठमाडौँ महानगरपालिकाको पत्र

थापाथलीका सुकुम्बासी हटाउन गृह मन्त्रालयलाई काठमाडौँ महानगरपालिकाको  पत्र

कपन अनलाइन

काठमाण्डौ ,पुस १४।

काठमाडौँ महानगरपालिकाले थापाथलीका सुकुम्बासी हटाउन गृह मन्त्रालयलाई पत्र लेखेका छन् ।

महानगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले मन्त्रालयलाई जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एव समन्वय गर्न अनुरोध गर्दै पत्र पठाएका छन् ।

पत्रमा महानगरले थापाथलिस्थित वाग्मती नदी किनारमा अनाधिकृतरुपमा निर्माण भएका संरचना हटाउन सुरक्षाकर्मी उपलब्ध गराउन माग गरेका छ

पत्रमा भनिएको छ, ‘वाग्मती किनारामा अव्यवस्थित तथा अनाधिकृत रुपमार हेको संरचना हटाई सो क्षेत्रको संरक्षण एंव सौन्दर्यीकरण गर्ने काय तत्काल अघि बढाउन सफल हुनसकेको अवस्था छैन,’ थापाथलीको संरचना हटाई सौन्दर्यीकरणको कार्य तत्काल शुरु गर्ने कार्यक्रम रहेकाले आवश्यक सहयोग एंव समन्वयकालागि अनुरोध छ।’

 

तपाइँको प्रतिक्रिया ।