पाँचौ चक्र बहादुर स्मृति अन्तर बिध्यालय छात्र फुटबल प्रतियोगितामा अरुणाेदय माबी सेमिफाइनलमा

पाँचौ चक्र बहादुर स्मृति अन्तर बिध्यालय छात्र फुटबल प्रतियोगितामा अरुणाेदय माबी सेमिफाइनलमा

कपन अनलाइन

काठमाडौं पौष १४।

गोकर्णेश्वरमा जारी पाँचौ चक्र बहादुर स्मृति अन्तर बिध्यालय छात्र फुटबल प्रतियोगितामा अरुणाेदय माबी सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार अरुणाेदय माबी ले समता स्कुल लाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

अरुणाेदय माबिको लागि कुस्मित बस्नेतले दुई गोल गरे भने समता स्कुलका दावा टि लामाले एक गोल गरेका थिए ।उक्त खेलको म्यान अफ द म्याच अरुणाेदयका कुस्मित बस्नेत घोसित भए। गोकर्णेश्वर नगरपालिका संगको सहकार्यमा छहारी युवा क्लबको आयोजनामा गोकर्णेश्वर नगरपालिका भित्र रहेका १८ वटा बिध्यालयका कुल १९ टिम प्रतिस्पर्धी रहेको उक्त प्रतियोगिताको शनिबार संघिय सांसद सन्तोष चालिसे, प्रदेश सभा सदस्य बिमल ठकुरी र नगरपालिका प्रमुख दिपक रिसालले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

No description available.

शैक्षिक ज्ञान र शिप विकास को साथ साथै खेलको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको विकास गर्दै अन्य शैक्षिक संस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाई उत्कृष्ट खेलाडी उत्पादनमा सहयोग भन्ने हेतुले छहारी युवा क्लबको अग्रसरतामा स्व. चक्रबहादुर ठकुरीले पुर्याएको योगदानको कदर स्वरूप आयोजना गरिएको उक्त प्रतियोगितामा प्रथम दितीय र तृतीय हुनेले नगद क्रमश रु ३० हजार ,१५ हजार र १० हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने पनि आयोजकले जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।