जापानका विप्लव माओवादीद्वारा भुकम्प प्रभावितलाई आर्थिक सहयोग

अशोकराज पाण्डे -असार २/ कपनअनलाईन- बैशाख १२ गतेको विनाशकारी भुकम्पमा प्रभावित क्षेत्रमा सहयोग गर्न जापानमा कृयाशिल विप्लव नेतृत्वका नेकपा माओवादीले आर्थिक सहयोग गरेको छ । जापानमा कृयाशिल नेकपा माओवादी निकट जन प्रगतिशिल समाज जापानका संयोजक दिनेश शाहीले माओवादीका विदेश विभाग ईन्चार्ज एंव पार्टीका स्थायी कमिटि सदस्य धर्मेन्द्र बास्तोलाई नगद १ लाख जापानी यन सहयोग गरेका हुन् ।

सहयोग प्रदान गर्दै शाहीले भने देश विपत्तिमा परेको बेला पार्टीले सञ्चालन गरेका पुर्ननिर्माण एंव उद्धारमा सहयोग गर्न जापानमा रहेका माओवादी साथीहरु तथा शुभचिन्तको सहयोगमा हामीले यो सहयोग प्रदान गरेका हौँ । र भविष्यमा पनि पार्टीले गर्ने यस्ता खाले कार्यक्रममा निरन्तर सहयोग रहने छ । नगद सहयोग ग्रहण गर्दै ईन्चार्ज बास्तोला भने हालसम्म नेकपा माओवादीले करिब २२ हजार घर टहरा निर्माण र त्यत्ति नै संख्यामा भत्केका घरका भग्नावशेष हटाएको छ । स्वदेशमा रहेका कार्यकर्ता मात्र नभई विदेशमा रहेका माओवादीमा आस्था राख्ने ब्यक्तिहरूका यस्ता खाले सहयोगले हामीलाई महाविपत्तिमा सहयोग गर्न बल पुग्नेछ ।

तपाइँको प्रतिक्रिया ।