को को छन इन्द्र बानियाँ र बहादुर सिंह लामाका प्रस्तावक र समर्थकहरु ?

को को छन इन्द्र बानियाँ र बहादुर सिंह लामाका  प्रस्तावक र समर्थकहरु ?

कपन अनलाइन

काठमाडौं पौष १३ । बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको निर्वाचन आज हुँदैछ । मतदान दिउँसो दुई बजेका लागि निर्धारण गरिएको छ ।

संसदीय दलको नेतामा केन्द्रीय सदस्य बहादुर सिंह लामा र बागमती प्रदेश सभापति इन्द्र बानियाँले मनोनयन दर्ता गरेका छन् । उनीहरु दुवै संस्थापन पक्षका हुन् । केन्द्रीय सदस्य बहादुर सिंह लामाको प्रस्तावकमा कुन्दनराज काफ्ले रहेका छन् भने समर्थकमा उर्मिला नेपाल, तिर्थ बहादुर लामा, रमेश कुमार महत र रामकृष्ण चित्रकार रहेका छन ।

त्यसैगरि बागमती प्रदेश सभापति इन्द्र बानियाँको प्रस्तावकमा प्रभात तामाङ रहेका छन  भने समर्थकमा छिरिङ दोर्जे लामा रहेका छन ।बागमती प्रदेश सभामा प्रत्यक्षबाट निर्वाचित २५ र समानुपातिकबाट १२ गरी कांग्रेसबाट कूल ३७ जना सांसद छन् ।

तपाइँको प्रतिक्रिया ।