नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता छान्नका लागि निर्वाचन हुदै

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता छान्नका लागि निर्वाचन हुदै

कपन अनलाइन

काठमाडौँ, पौष १३ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता छान्नका लागि आज निर्वाचन हुँदैछ । संसदीय दलको नेताको लागि संसदीय दलको कार्यालय हेटौंडामा बिहान ८ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु गरिने कार्यतालिका छ ।कांग्रेस संसदीय दलको नेता चयन गर्न बिहान ८ बजेदेखि उम्मेदवारी दर्ता खुल्ला हुनेछ भने दिउँसो २ बजेदेखि मतदान हुनेछ । मतदानका लागि एक घण्टाको समय निर्धारण गरिएको छ । जस अनुसार दिउँसो ३ बजे मतदान सम्पन्न हुनेछ । ३७ सांसद रहेको कांग्रेसको दलको नेताका लागि मकवानपुर क्षेत्र नम्बर–२ को (ख)बाट निर्वाचित सांसद इन्द्रबहादुर बानियाँ र नुवाकोट क्षेत्र नम्बर–२ को (ख)बाट निर्वाचित सांसद बहादुर सिंह लामाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।दुबै नेता कांग्रेस संस्थापन समूहका हुन् । बानियाँ कांग्रेस बागमती प्रदेश सभापति हुन् भने लामा कांग्रेस केन्द्रीय सदस्य हुन् ।

तपाइँको प्रतिक्रिया ।