Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/12/321619242_688106012767847_7621351257787636568_n-1024x683.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर ४ देशेमा  भक्तपुरको प्रशिद्ध नवदुर्गा नाच प्रदर्शन सम्पन्न

कपन अनलाइन

काठमाडौं पौष १३ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ देशेमा  भक्तपुरको प्रशिद्ध नवदुर्गा नाच  प्रदर्शन सम्पन्न भएको छ  ३३ वर्षदेखि गोकर्णमा  रोकिएको  उक्त नाच गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको श्री तलेजु भवानी पुजा तथा जात्रा संचालन समितिद्वारा पुन सुचारु   गरेको हो । २०४६ सालपछि नचाउन बन्द भएको उक्त  नाच, पौष ११ र १२ गते नचाइएको  हो  । गोकर्णको देशेमा रणजीत मल्लको पालाबाट नचाउन सुरु भएको नवदुर्गा नाच, प्रत्येक वर्ष पौष शुक्ल पक्षमा गोकर्णेश्वरमा आउने नियम भए पनि बीचमा केही वर्ष स्रोत अभावका कारण बन्द रहेको थियो ।

यस   बर्ष गोकर्णेश्वर  नगरपालिका र सहयोगी दाताको  आर्थिक सहयोगमा ऐतिहासिक नगर भक्तपुर नगरपालिकाको मानव समाजमा आधारित  जीवित देवताको रुपमा पुजिने श्री नवदुर्गा देवगण नाच गोकर्णको देशे,आ  मंगलबार सम्पन्न भएको हो ।भक्तपुरबाट हरेक वर्ष नवदुर्गा नाच काठमाडौं, बनेपा, दोलखा आदि लगायत विभिन्न ठाउँमा प्रदर्शन गर्ने परम्परा छ ।

लिच्छवी राजा आनन्ददेवले भक्तपुर सहरलाई नवदुर्गा भवानीमार्फत राजधानी सहरको रूपमा प्रतिष्ठा गर्दा सदाकाल शत्रु, विपद्, दैवीप्रकोप आदि अनिष्टकारी तत्त्वबाट रक्षा गर्न तथा सुख, शान्ति एवं समृद्धि फैलाउन वनमाला जातिको नेतृत्वमा तान्त्रिक विधि द्वारा देवदेवीलाई आहान गरी नवदुर्गा गणको ङालाकेगु नाच प्रचलनमा ल्याएका थिए ।नवदुर्गा देवगणमा खिंःबाजा, तंःबाजा, कंशःबाजा, महादेव, गणेश, ब्रह्मायणी, महेश्वरी, भद्रकाली, कुमारी, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, भैरव, गुज्यकाली, पुजारी नकीं, बालकुमारी, दुम्ह, सिम्ह, श्वेतभैरव लगायतका देवगण रहेका हुन्छन  ।  नवदुर्गा देवगणलाई घरमा भित्र्याउँदा घरमा शान्ति हुने, सबै प्रकारका डर त्रासबाट मुक्त हुने जनविश्वास छ । गोकर्ण आएका नवदुर्गा देवगण नाच सकेर बुधबार  पैदलमार्गबाट भक्तपुर फर्कने आयोजकले जानकारी गराएको छ  ।

तपाइँको प्रतिक्रिया ।