नेपालय स्कुल गोकर्णेश्वरमा जारी  पाँचौ चक्र बहादुर स्मृति अन्तर बिध्यालय छात्र फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

नेपालय स्कुल  गोकर्णेश्वरमा जारी  पाँचौ चक्र बहादुर स्मृति अन्तर बिध्यालय छात्र फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

कपन अनलाइन

काठमाडौं पौष १३ ।गोकर्णेश्वरमा जारी  पाँचौ चक्र बहादुर स्मृति अन्तर बिध्यालय छात्र फुटबल प्रतियोगितामा नेपालय पब्लिक इंगलिस बोर्डिंग स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार नेपालय पब्लिक इंगलिस बोर्डिंग स्कुलले  ईष्ट पोल माविलाई ट्राइबेकारमा ३-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

निर्धारित समय सम्म दुवै पक्ष बाट गोल हुन नसकेपछि खेल ट्राइबेकारमा गएको थियो। गोकर्णेश्वर  नगरपालिका संगको सहकार्यमा छहारी युवा क्लबको आयोजनामा  गोकर्णेश्वर  नगरपालिका भित्र रहेका  १८ वटा बिध्यालयका कुल १९ टिम प्रतिस्पर्धी रहेको उक्त प्रतियोगिताको शनिबार संघिय सांसद सन्तोष   चालिसे, प्रदेश सभा सदस्य बिमल ठकुरी र नगरपालिका प्रमुख  दिपक रिसालले संयुक्त रुपमा उद्घाटन गरेका  थिए ।

शैक्षिक ज्ञान र शिप विकास को साथ साथै खेलको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको विकास गर्दै अन्य शैक्षिकसंस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाई उत्कृष्ट खेलाडी उत्पादनमा सहयोग भन्ने हेतुले छहारी युवा क्लबको अग्रसरतामा   स्व. चक्रबहादुर ठकुरीले पुर्याएको योगदानको कदर स्वरूप  आयोजना  गरिएको  उक्त प्रतियोगितामा प्रथम दितीय र तृतीय हुनेले  नगद  क्रमश  रु ३० हजार ,१५ हजार र १० हजार   सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने पनि आयोजकले जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।