Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/12/322351739_881403239955106_2362051178766121624_n-1024x768.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर- ३ सुन्ताखानमा पौष १५ गते बाट सार्वजनिक यातायात संचालन हुने

कपन अनलाइन

काठमाडौं,पौष १२। गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखानमा सार्वजनिक यातायात संचालन हुने भएको छ।  गोकर्णेश्वर सार्वजनिक यातायात व्यवस्थापन सरोकार समितिको अध्यक्ष उद्दब बिष्टको अध्यक्षता बसेको उक्त बैठकले  आगामी पौष १५। गते शुक्रबार बिहान  सुन्ताखान घट्ट बसपार्क बाट परिक्षणका रुपमा  गाडी संचालन गर्ने निर्णय भएको गोकर्णेश्वर सार्वजनिक यातायात व्यवस्थापन सरोकार समितिका सदस्य सुशील गिरिले कपन अनलाइनलाइ जानकारी गराए।

पटक पटकको बैठक छलफल पश्चात  पौष १५ गते शुक्रबार बिहान  सुन्ताखान घट्ट बसपार्क बाट  उपत्यका सिटि यातायात प्रालिका ५ वटा र सुन्दरीजल सिटि यातायातका १० वटा गाडी बाट परिक्षण सेवा संचालन गर्ने निर्णय गरेको पनि उनले बताए ।त्यसैगरि गोकर्णेश्वर ३ सुन्ताखान बाट बस संचालन गर्न उपभोक्ता र व्यवसायीकि साझा धारणा बनाएर नगरपालिका संग ध्यानाकर्षण गराउने निर्णय भएको पनि उनले बताए । उनका अनुसार पौष १५ गते बिहान ८ बजे  घट्ट बसपार्कमा समितिको आयोजनामा सार्वजनिक भेला हुने समेत उनले जानकारी गराए।

तपाइँको प्रतिक्रिया ।