Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/12/DSC_0460-1024x683.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

लायन्स क्लब अफ काठमाडौं सिर्जनशिल द्वारा बिद्यार्थीलाइ जाडोको लागि न्यानो कपडा वितरण

कपन अनलाइन

काठमाडौँ, पौष १२ । जाडो याम सुरु भएसँगै स्कुले बालबालिकाका लागि धमाधम न्यानो कपडा वितरण हुन थालेका छन् । स्कुले बालबालिकाको स्वास्थ्य र शिक्षालाई ध्यानमा राखेर बिभिन्न संघसंस्था तथा ब्यक्तिहरुले न्यानो कपडा वितरण गरिरहेका छन् । सामाजिक तथा मानविय सेवामा सक्रिय लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ डी अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं सिर्जनशिलले काभ्रेको  धुलिखेल नगरपालिका वडा नं ६ स्थित श्री पूर्ण संजीवनी लङ्खनामाइ माध्यमिक बिध्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा  ट्रयाक शुट वितरण गरिएको छ।

 सोमबार  विद्यालयमा आयोजित एक कार्यक्रममा ८०  जना विद्यार्थीहरुलाई ट्रयाक शुट वितरण गरिएको लायन्स क्लब इन्टरनेशनल ३२५ डी अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं सिर्जनशिलका चार्टर प्रेसिडेन्ट अच्युत बिष्टले कपन अनलाइनलाइ जानकारी गराए । चीसोका कारण कोही पनि बालबालिकाको पढाई प्रभावित नबनोस भन्ने उदेश्य सहित क्लबले  जाडोको लागि न्यानो कपडा वितरण  गरेको उनले  बताए ।

 लायन्स क्लब अफ काठमाडौं सिर्जनशिलका फर्स्ट भाइस प्रेसिडेन्ट लायन कविता खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा धुलिखेल नगरपालिका वडा नं ६ का वडा अध्यक्ष  संजय कोजु रहेका थिए भने  बिशेष अतिथिको रुपमा लायन्स क्लब इन्टरनेशनल ३२५ डी का फस्ट भाईस गभर्नर लायन  रमेश लामा , सेकेण्ड भाईस गभर्नर लायन  सुरेन्द्र प्रकाश  बलाय, क्याबिनेट सेक्रेटरी लायन  महेश आचार्य, एरिया कोर्डिनेटर लायन डाल बहादुर अर्याल, जोन चियरपर्सन  लायन हरिदाश श्रेष्ठ लायन बच्चुराम शर्मा कुइकेल , बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष न्युछे माया श्रेष्ठ, प्रधानाध्यापक गायत्री तिमिल्सिना  लगायत आयोजक संस्थाका पदाधिकारीहरु सहित बिध्यालयका शिक्षक बिद्यार्थी र अभिभावकहरुको   उपस्थिति रहेको थियो ।

राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रममा लायन मन्दिरा सुवेदीले झण्डाको अभिवादन गरेकी थिइन। कार्यक्रममा  लायन्स क्लब अफ काठमाडौं सिर्जनशिलका सर्भिसचियरपर्सन रामचन्द्र सिपाईले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ डी का फस्ट भाईस गभर्नर लायन  रमेश लामा , सेकेण्ड भाईस गभर्नर लायन  सुरेन्द्र बलाय क्याबिनेट सेक्रेटरी लायन  महेश आचार्य लगायतले   जाडो बढेसँगै बालबालिकाहरूलाई न्यानो कपडाले निरन्तर विद्यालय आउन सहज हुने बिश्वास ब्यक्त गरेका थिए ।

 उनीहरुले जहाँ आवश्यकता त्यहा लायन्स भन्ने नाराका साथ लायन्स क्लबले सामाजिक तथा मानवीय सेवा गर्दै आएको बताएका थिए । लायन्स  क्लबले समाज सेवालाई नै मुख्य केन्द्रविन्दू बनाउँदै आएको बताउदै बालबालिकाको क्षेत्रमा  लायन्स क्लब झनै संवेदनशील रहेको बताए ।

आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता  दिनु पर्नेमा जोड दिदै बालबालिकाहरुलाई जाडोको समयमा न्यानो कपडा प्रदान गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै लायन्स क्लब अफ काठमाडौं सिर्जनशिलले न्यानो कपडा वितरण गरेर प्रशंसनीय कार्य गरेको बताएका थिए ।निम्न आयस्तर भएका समुदायका विद्यार्थीले न्यानो कपडा पाएपछि खुशी  देखिन्थे  । उनीहरुले लायन्स क्लबले स्थानीय सरकार संग समन्वय गरि बिभिन्न कार्यक्रम पनि गरिरहेको समेत  जानकारी गराए ।

कार्यक्रममा बोल्दै धुलिखेल नगरपालिका वडा नं ६ का वडा अध्यक्ष संजय कोजुले लायन्स क्लबले  सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेर प्रशंसनीय कार्य गरेको बताए। उनले लायन्स क्लब संग सहकार्य गर्न तयार रहेको पनि जानकारी गराएका थिए ।कार्यक्रममा बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष न्युछे माया श्रेष्ठले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रम संचालन लायन्स क्लब अफ काठमाडौं सिर्जनशिलका चार्टर प्रेसिडेन्ट लायन अच्युत बिष्टले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।