बुढानीलकण्ठ नगरपालिकाका कृषि फर्महरुको अनुगमन

बुढानीलकण्ठ नगरपालिकाका  कृषि फर्महरुको अनुगमन

कपन अनलाइन

काठमाण्डौ ,पुस ११।

बुढानीलकण्ठ नगरपालिकाले  कृषि फर्महरुको अनुगमन गरेको  छ । कृषि विकास शाखा र नगरपालिका अनुगमन समितिको संयुक्त गस्तिमा निस्केको अनुगमन टोलिले नगरपालिका वडा नं ०४, वडा नं ०५ र वडा नं १३ मा रहेका विभिन्न कृषि फर्महरुमा निरिक्षण गरेको हो ।

वडा नं ०५ को सिद्ध एग्रो फार्म, वडा नं ०६ को भद्रकाली अर्गानिक कृषि समुह लगायत वडा नं १३ को चुनखेलमा रहेका सेरा एग्रिकल्चर फार्म, हिसान कृषि फार्म, मेगा जडिबुटि मल्टिपर्पच एग्रो फार्म, ग्रीन प्लानेट एग्रो फार्म र ओमकारेश्वर एग्रिकल्चर कृषि तथा पशुपालन फार्मको अनुगमन गरेको थियो ।

बु ढानीलकण्ठ नगरपालिका कृषि विकास शाखाको आ.व. २०७९\८० को सशर्त अनुदानबाट बार्षिक स्विकृत कार्यक्रम अन्तरगतको प्रधानमन्त्रि कृषि आधुनिकिकरण  परियोजना तरकारी पकेट विकास कार्यक्रम  सञ्चालन हुन लागेको छ ।

सोही कार्यक्रमका लागी कृषि फर्महरुले दिएका आवेदनका आधारमा छनौटका गर्नका लागी फर्महरुको स्थलगत अनुगमन गरिएको उपप्रमुख अनिता लामाले जानकारी दिएकी छन  ।

कृषि विकास शाखा अधिकृत लक्ष्मी घर्तिका अनुसार ६ वटा निवेदन परेका थिए । ति मध्य कार्यक्रम अनुसार तोकिएको प्रावधान तथा सुचिमा रहेका रहेको कुनै १ फर्मलाई अनुदान दिईने छ ।

आज भएको अनुगमनमा नगरपालिका अनुगमन समिति संयोजक एवं नगर उपप्रमुख अनिता लामा, नगरपालिका योजना मुल्याङ्कन तथा अनुगमन महाशाखा प्रमुख महेश पाठक लगायत कृषि विकास शाखा अधिकृत लक्ष्मी घर्ती मगर र प्राविधिक रुपा लिम्बुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।