बागमती प्रदेश आमन्त्रण क्रिकेटमा बागमतीको जित

बागमती प्रदेश आमन्त्रण क्रिकेटमा बागमतीको जित

कपन अनलाइन
काठमाडौं, पुस ११  ।
बागमती प्रदेशले बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखलाको निर्धारित ४० ओभरको पहिलो खेलमा आइतबार जित हात पारेको छ ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा भइरहेको श्रृंखलामा बागमतीको महिला टोलीले हङकङ क्रिकेट क्लबको महिला टोलीलाई २ विकेटले पराजित ग¥यो ।
मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको हङकङले २९.१ ओभरमा सबै विकेट क्षतिमा १७० रनको योगफल खडा गरेको थियो । हङकङका क्यानी च्यान र लेमन चेरीले समान ३१–३१ रन जोडे । ‘वोमन अफ म्याच’ बागमतीकी सोनी पाख्रिनले ५.१ ओभर बलिङ गर्दै ३० रन खर्चेर ४ विकेट लिइन् ।
जवाफमा बागमतीले ३९ ओभरमा ८ विकेट गुमाउदै १७१ रनको लक्ष्य पूरा ग¥यो । अस्मिता खरेलले ४२ तथा सलिना सिलवालले नटआउट २० रन जोडे ।
प्रतियोगिताको आयोजक परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले अम्पायर रविन्द्र गुप्तालाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । अन्तिम तथा दोश्रो ४० ओभरको खेल सोमबार हुनेछ । डिसेम्बर २७ र २९ तारिखमा टी–२० खेल हुनेछ ।

तपाइँको प्रतिक्रिया ।