सरकार गठनका लागि पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति समक्ष दाबी पेश गरे

कपन अनलाइन 

काठमाडौं पौष १०।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् ।राष्ट्रपति कार्यालय शीतल निवासमा ७ दलका १६६ सांसदसहित प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् । सरकार बनाउन बहुमतका लागि १३८ सीट आवश्यक पर्छ ।

एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्तिको ४ रहेको छ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहित प्रचण्ड , जसपासहितका शीर्ष नेताहरू शीतल निवास पुगेका हुन् ।

तपाइँको प्रतिक्रिया ।