जोसेफ कलेजको स्वागत तथा बधाई कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं पौष ७ । काठमाडौं महानगरपालिका वडा नं ६ महांकाल शान्तिनगर संचालित जोसेफ कलेजले कक्षा ११मा नया भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२ पास गरेका बिद्यार्थीहरुलाई बधाई कार्यक्रम सम्पन्न गरेको छ। बिहिबार चाबहिल चुच्चेपाटी स्थित स्मार्ट प्यालेसमा एक कार्यक्रमका बीच बिभिन्न संकायमा भर्ना भइ अध्ययन शुरु गरेका कक्षा ११ का बिद्यार्थीहरुलाई कलेजले स्वागत गरेको हो ।
सांस्कृतिक कार्यक्रम समेत समाबेश गरिएको स्वागत तथा बधाई कार्यक्रमका प्रमुख अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारी रहेका थिए भने बिशेष अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिकाका प्रवक्ता एबम वडा नं१० का वडा अध्यक्ष नवराज भट्टराई , वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारी, वडा नं १२का वडा अध्यक्ष शम्भु प्रसाद भट्टराई , बरिष्ठ पत्रकार एबम साहित्यकार पुरुषोत्तम दाहाल, काठमाडौं महानगरपालिका वडा नं ६ कि वडा सदस्य गायत्री पुडासैनी, मनास्लु वर्ल्ड कलेजका प्रिन्सिपल राजन श्रेष्ठ (धरातल),जनकल्याण माविकी प्रिन्सिपल कमला राइ ,लोक गायक प्रसन्न पाठक, बिभिन्न बिध्यालयका संचालक, प्रिन्सिपल शिक्षक प्रतिनिधि, कलेज संचालक समितिका पदाधिकारी, शिक्षक बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता कार्यक्रमको अध्यक्षता जोसेफ एडुकेशन नेटवर्कका संस्थापक प्राचार्य सुर्यबहादुर अधिकारीले गरेका थिए ।
राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए। कार्यक्रममा जोसेफ कलेजका बिद्यार्थी सुवाश खत्री र रेजिना कठायतले स्वागत मन्तब्य राखेका थिए ।
कार्यक्रममा जोसेफ कलेजका संस्थापक प्रिन्सिपल सुर्य बहादुर अधिकारीले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै जोसेफ कलेजको बिशेषताको बारेमा जानकारी गराएका थिए । उनले अब्बल जन शक्ति उत्पादन गर्न जोसेफ कलेज प्रतिबद्द रहेको जानकारी गराएका थिए। उनले कलेज आजको स्थान सम्म आइपुग्नुमा कलेज व्यवस्थापक संगै शैक्षिक क्षेत्रमा लागेका सबै बिध्यालय शिक्षक बिद्यार्थीहरुको समेत उलेख्य भूमिका रहेको जानकारी गराउदै नया भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२ पास गरेका बिद्यार्थीहरुलाई बधाई दिदै उज्वल भबिष्यको कामना गरेका थिए ।
जोसेफले विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई अहिलेको प्रतिस्पर्धात्मक युगमा विश्वका जुनसुकै ठाउँमा पनि आफुलाई स्थापित गराउन सक्ने गरि दक्ष बनाउन प्रयास गरिरहेको जानकारी दिदै असल संस्कार सहितको शिपमुलक व्यावहारिक शिक्षालाइ आत्मसाथ गरि सोहि अनुरुप अघि बढिरहेको जानकारी गराएका थिए। उनले नया भर्ना भएका बिद्यार्थीहरुलाई शिक्षकले दिने हरेक निर्देशन आफ्नै भलोका लागि भनेर सोच्न समेत बिद्यार्थीहरुलाई सुझाउदै कक्षा १२ पास गरेकाहरुलाई बधाई दिदै उनीहरुको उज्ज्वल भबिष्यको कामना गरेका थिए । इन्द्रेणी कार्यक्रम बाट चर्चित बनेका जोसेफ स्कुलमा अध्ययनरत विद्यार्थी बाल लोक गायिका रबिना बसेल तथा जोसेफकै बिद्यार्थी युवा लोक गायक प्रसन्न पाठकले लोक गीत मार्फत मनोरंजन प्रदान गरेका थिए ।
कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रवक्ता एबम वडा नं १० का वडा अध्यक्ष नवराज भट्टराई , वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारी, वडा नं १२का वडा अध्यक्ष शम्भु प्रसाद भट्टराई , बरिष्ठ पत्रकार एबम साहित्यकार पुरुषोत्तम दाहाल लगायतले दक्ष जनशक्ति विदेशिएकोमा चिन्ता ब्यक्त गर्दै देशमा रोजगारी सिर्जना हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले शिक्षा क्षेत्रको विकासका लागि निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउदै सीपयुक्त र दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमा नै रोजगारी एवं स्वरोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले प्रमाणपत्रलाई बाकसमा बन्द गरेर खाडी मुलुकमा रोजगारीका लागि जानुपर्ने बाध्यात्मक अवस्था नेपाली विद्यार्थीहरूले भोग्नुपरिरहेको र अब यसको विकल्प खोज्नुपर्ने बेला आएको समेत बताउदै विद्यार्थीहरुले आफ्नो सपना र उदेश्य पुरागर्न कठिन मिहिनेत गर्नुपर्ने भन्दै समाजको नेतृत्वदायी भुमिका प्रदान गर्न सक्ने बन्न मार्गनिर्देशन दिएका थिए।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीले लगनशीलता र धैर्यताले विद्यार्थीलाई सफल बनाउने भन्दै निरन्तर पढाइमा लागिरहन आग्रह गर्दै जुन बिषय पढे पनि त्यसमा दक्षता हासिल गर्ने गरि पढ्न अनुरोध गरेका थिए । पछिल्लो समय नेपालमै उच्च शिक्षाको विश्व स्तरीय पढाई हुन थालेको भन्दै उनले सकेसम्म पढ्नका लागि विदेश नजान सुझाव दिए। यदि जानैपर्ने अवस्था भए त्यहाँको शिक्षा र सिप लिएर नेपाल फर्कन अनि देशमै केही गर्न उनले सुझाएका थिए । विद्यार्थीले आफुभित्र भएको लगनशीलतालाई चिन्तन मनन गर्नु पर्न बताउदै प्रमुख अतिथि अधिकारीले असल शिक्षादिक्षाले नै असल नागरिकको उत्पादन हुने भएकोले यसप्रति अभिभावक, शैक्षिक संस्था र प्राध्यापकले ध्यान दिनु पर्नेमा जोड दिएका थिए । जोसेफ कलेजले शैक्षिक बिकासमा महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै कलेज गुणस्तरको पर्याय बनेकै कारण निरन्तर सफलताको यात्रातिर लम्किरहेको धारणा राखेका थिए । विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रमहरु मार्फत मनोरंजन प्रदान गरेका थिए ।