गोकर्णेश्वर ९को पानी खोल्सा र पैयुटार बिचको सडक कालोपत्रेको लागि नापजाँच सम्पन्न

गोकर्णेश्वर ९को पानी खोल्सा र पैयुटार बिचको सडक कालोपत्रेको लागि नापजाँच सम्पन्न

कपन अनलाइन

काठमाडौं, पौष ७ ।  गोकर्णेश्वर नगरपालिका वडा नं ९मा रहेको पानी खोल्सा र पैयुटार बिचको सडक कालोपत्रेको लागि नापजाँच सम्पन्न भएको छ । वडा अध्यक्ष राजिब थापा सहित वडासदस्यहरुको रोहोबरमा आज प्राबिधिकहरुले उक्त सडक खण्ड कालोपत्रेको लागि नापजाँच  गरेका हुन ।

संघिय बजेट अन्तर्गत सडक बिभाग बाट सडक स्तर उन्नतिका काम हुन लागेको हो । पानी खोल्सा र पैयुटार बिचको उक्त सडक   कालोपत्रेको लागि ९ मिटर नापजाँच गरिएको वडा अध्यक्ष राजिव  थापाले जानकारी गराए  लामो समय देखि उक्त बाटो नबन्दा स्थानीयले बर्खामा हिलो र  हिउदमा धुलो बाट सर्वसाधारणले सास्ती पाउदै आएका थिए ।

ग्राभेल बिच्छ्याएर कालोपत्रको काम थाँती राख्दा दैनिक हजारौं सवारी एवं पैदलयात्रुले सास्ती भोग्नुपरेको थियो , अब त्यो समस्या हट्ने वडा अध्यक्ष थापाले जानकारी गराए ।  कालोपत्रे पश्चात बौद्ध र जोरपाटीबाट आरुबारी हुँदै गोकर्ण, सुन्दरीजल, कपनलगायत स्थान जाने यो सडकमा आवतजावतमा सहज हुने बिश्वास उनले ब्यक्त गरेका छन ।

तपाइँको प्रतिक्रिया ।