प्रशासन तथा बजेटरी कमिटीको अध्यक्षमा नेपाल निर्वाचित

काठमाडौँ, १ असार । संयुक्त राष्ट्र सङ्घको आगामी ७० औँ महासभाको प्रशासन तथा बजेटरी कमिटीको अध्यक्षमा नेपाल निर्वाचित भएको छ ।
राष्ट्र सङ्घको पाँचौ कमिटीका नामले समेत चिनिने उक्त कमिटीको अध्यक्षमा नेपाल सर्वसम्मतिले आज निर्वाचित भएको हो ।

राष्ट्र सङ्घका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईले अध्यक्षका रुपमा आगामी सेप्टेम्बर १५ देखि सन् २०१६ को सोही महिनासम्म काम गर्नुहुनेछ । उक्त अवधिसम्म ७० औँ महासभा सञ्चालन हुनेछ ।

समितिको अध्यक्षमा नेपाल निर्वाचित हुनु मुलुकको गौरव एवम् प्रतिष्ठाको विषय भएको उल्लेख गर्दै राष्ट्र सङ्घका लागि न्यूयोर्कस्थित नेपाली नियोगले जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रसङ्घीय निकायमा प्रत्यक्ष योगदान गर्न नेपाललाई अवसर प्राप्त भएको जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।