लियोनल मेस्सी बने विश्वकपको सर्वोत्कृष्ट खेलाडी

कपन अनलाइन 

दोहा  पौष ४ । अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह  गरेका  कप्तान लियोनल मेस्सी कतारमा आइतबार राति सम्पन्न २२औं फिफा विश्वकपको सर्वोत्कृष्ट खेलाडी  घोसित भएका छन  ।

लुसेल आइकोनिक स्टेडियममा भएको रोमाञ्चक फाइनल खेलमा   अर्जेन्टिनाले टाइब्रेकरमा साविक विजेता फ्रान्सलाई ४-२ गोलले हराउँदै उपाधि जितेको हो ।सर्वोत्कृष्ट खेलाडीसँगै मेस्सीले ब्यक्तिगत गोल्डेन बल पुरस्कार  प्राप्त गरेका छन  । निर्धारित समयमा २-२ र अतिरिक्त समयमा ३-३ गोलको बराबरीमा सकिएको खेलमा टाइब्रेकरमा पुगेर अर्जेन्टिनाले बाजी मारेको थियो ।

तपाइँको प्रतिक्रिया ।