फ्रान्सलाइ हराउदै अर्जेन्टिना बन्यो विश्व च्याम्पियन

फ्रान्सलाइ हराउदै अर्जेन्टिना बन्यो विश्व च्याम्पियन

कपन अनलाइन 

दोहा, पौष ४ । कतारमा भएको विश्वकप फुटबल २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक  खेलमा  फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो ।अर्जेन्टिनाको यो तेस्रो विश्वकप उपाधि हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि थियो ।

निर्धारित ९० मिनेटमा खेल २-२ र अतिरिक्त समयमा ३-३ गोलको बराबरीमा सकिएको खेल टाइब्रेकरमा पुगेर सकिएको थियो । टाइब्रेकरमा अर्जेन्टिनाले चार गोल गर्दा फ्रान्सले दुईवटा मात्र गोल गर्न सक्यो । फ्रान्सका दुईवटा प्रहार विफल बनेको थियो । निर्धारित समयमा अर्जेन्टिनाका लागि लियाेनल मेस्सीले दुई तथा एन्जल डि मारियाले गोल गरेका थिए भने   फ्रान्सका लागि केलिएन एमबाप्पेले ह्याट्रिक गरेका थिए ।

पेनाल्टीमा अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले गोल गरेका थिए  । फ्रान्सका लागि  केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरेका थिए । किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्न चुकेका थिए ।

तपाइँको प्रतिक्रिया ।