गोकर्णेश्वर नगरपालिका वडा नं ४ का एकल महिलाहरु सम्मानित
कपन अनलाइन
काठमाडौँ, पौष ३ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले एकल महिलाहरुलाई सम्मान गरेको । छ शनिबार वडा कार्यालयमा एक कार्यक्रमका बीच नगरपालिका प्रमुख दिपक कुमार रिसाल वडा अध्यक्ष जयराम महत, वडा सदस्यहरु गौरी श्रेष्ठ, कृष्ण श्रेष्ठ, राजेश श्रेष्ठ, सुनिता परियार, पूर्व वडा सदस्य उमा थापाले एकल महिलाहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन । कार्यक्रममा नगर प्रमुख दिपक कुमार रिसालले एकल महिला तथा जेष्ठ नागरिकहरुको लागि हरप्रहर सहयोग गर्न आफू तयार रहेको बताएका थिए । उनले एकल महिलालाइ अपमान गर्नु ठुलो अपराध रहेको बताउदै एकल महिलाहरुको साथमा स्थानीय सरकार रहेको बताए ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष जयराम थापाले वडामा रहेका करिब १४० जना एकल महिलालाई वडाले सम्मान गर्ने जानकारी दिएका छन् । एकल महिलाहरुलाई आत्मनिर्भर बनाउन वडाले बिभिन्न शिपमुलक तालिमहरु प्रदान गर्दै आएको समेत उनले बताए भेदभावरहित समाजको निर्माणका निम्ति सबैले आ-आफ्नो स्थानबाट आफ्नो योग्यता, क्षमता र सीपअनुरूप योगदान दिनु पर्नेमा उनको जोड रहेको थियो । श्रीमान् गुमाएका/हराएका/बेपत्ता पारिएका, सम्बन्धविच्छेद गरेका, बिहे नगरी बसेका ३५ वर्षमाथिका महिला र बादी महिलालाई एकल महिलाको सूचीमा राखिएको छ । संयुक्त राष्ट्र संघले एकल महिलालाई समाजमा विभेदरहित, हिंसारहित र सम्मानित जीवन जिउनका लागि सशक्त गराउनुपर्नेमा जोड दिँदै आएको छ ।