टोखा नगरपालिकामा ‘मेयर दीर्घायू स्वास्थ्य परीक्षण कार्यक्रम’ शुभारम्भ

 टोखा नगरपालिकामा ‘मेयर दीर्घायू स्वास्थ्य परीक्षण कार्यक्रम’ शुभारम्भ

कपन अनलाइन

काठमाण्डौ ,पुस १।

टोखा नगरपालिकामा ‘मेयर दीर्घायू स्वास्थ्य परीक्षण कार्यक्रम’ शुभारम्भ गरिएको छ ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले ६० वर्षभन्दा बढी उमेर समूहका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने उद्देश्यसाथ आजदेखि सो कार्यक्रम सुरु गरेको हो । कार्यक्रमको शुभारम्भ गर्दै नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखावासी सम्पूर्ण ज्येष्ठ नागरिकले स्वास्थ्य भई बाँच्नका लागि ‘मेयर दीर्घायू स्वास्थ्यपरीक्षण कार्यक्रम’ सुरु गरिएको जानकारी दिएका छन  ।

“वि.सं. २०७४ मा हामी निर्वाचित भएर आएदेखि नै ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण सुरुवात गरेका थियौँ, उक्त कार्यक्रमलाई गत वर्षदेखि परिमार्जन एवं परिस्कृत गरेर ‘मेयर दीर्घायू स्वास्थ्यपरीक्षण कार्यक्रम’ सुरुवात गरेका हौँ”, नगरप्रमुख अधिकारीले भने ।

उनले नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाले रेडक्रसबाट निःशुल्क रगत व्यवस्था, उपमेयरसँग बालबालिका कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयका बालबालिकालाई निःशुल्क स्वास्थ्यपरीक्षणको व्यवस्था मिलाइएको बताए ।

तपाइँको प्रतिक्रिया ।