बुढानीलकण्ठ नगरपालिकामा बालुवा लिलाम बिक्रि प्रक्रिया सुरु
कपन अनलाइन
काठमाण्डौ, मंगसिर २९।
बुढानीलकण्ठ नगरपालिका भित्रका खहरेखोल्साहरुबाट नगरपालिकाको स्वीकृत नलिई अवैध रुपमा बालुवा उत्खनन भई संकलन भएको बालुवा नगरपालिकाले जफत गरी लिलाम बिक्रि प्रक्रिया सुरु गर्न लागेको छ ।
बु .न.पा ४, ६ र ७ अन्तर्गतका बिष्णुमती, लुडेखोला तथा च्यासिन्डोल आसपासको क्षेत्रहरुमा संकलन भएको बालुवा नगरसभाले तोकेको दररेट नघट्ने गरी लिलाम बढाबढमा उठाएर लैजान ईच्छुक फर्म, कम्पनी वा नेपाली नागरिकताको प्रमाणपत्र भएका व्यक्तीले नगरपालिकाबाट तोकिएको न्युनतम अंकमा नघट्ने गरी पेश गर्नहुन नगरपालिकाले सुचना जारी गरेको छ ।
ईच्छुक फर्म तथा कम्पनिहरुले मु.अ.कर दर्ता प्रमाण पत्र, आ.व. २०७८/७९ सम्मको फर्म नविकरण, आव २०७८/७९ को कर चुक्ता प्रमाण पत्र अनिवार्य बुझाउनुपर्ने छ ।
वोलपत्र बुझाउने अन्तिम मिति पौष २० गते रहेको हुँदा कार्यालय समय भित्र बोलपत्र फारम खरिद गरी १२:०० बजे भित्र यस कार्यालयमा दर्ता गराउन हुन अनुरोध गरिएको छ ।
उक्त फारम सोही दिन दिनको १:०० बजे उपस्थित प्रतिनिधिहरूको रोहवरमा यसै कार्यालयमा खोलिने छ ।
शिलबन्दी दरभाउपत्रको बोलपत्र आवहान सूचना यस नगरपालिकाको वेबसाइट www.budhanilkanthamun.gov.np र सूचना पाटीमा हेर्न सकिनेछ।
थप जानकारीको लागि: