गोकर्णेश्वर नगरपालिकाका ग्रामिण बस्तिहरुमा सार्वजनिक यातायात व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न
कपन अनलाइन
काठमाडौँ, मंगसिर २९ । गोकर्णेश्वर नगरपालिकाका ग्रामिण बस्तिहरुमा सार्वजनिक यातायात व्यवस्थापन समबन्धि छलफल सम्पन्न भएको छ।
आज बिहान गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित महादेव मन्दिर प्रांगणमा भएको उक्त छलफलमा पुर्व प्रतिनिधि सभा सदस्य कृष्ण बहादुर राइ, पुर्व प्रदेश मन्त्रि तथा संबिधान सभा सदस्य रामेश्वर फुयाल नेकपा एमाले बाट समानुपातिक सांसद शान्ति श्रेष्ठ, गोकर्णेश्वर नगरपालिका उप प्रमुख सान्नानी लामा, गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष द्वारिका श्रेष्ठ, वडा नं २ का वडा अध्यक्ष मधु तामाङ, वडा नं ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुइकेल, वडा नं ४ का वडा अध्यक्ष जयराम महत लगायत वडा सदस्यहरु, यातायात व्यवसायीहरु , सरोकारवाला सहित स्थानीयको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखान वडा नं २ पाखाथोक नयाँपाटी वडा नं १ सुन्दरीजलका ग्रामिण भेगमा सार्वजनिक यातायात कसरि संचालन गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको थियो। ग्रामीण भेगमा यातायातका साधन पर्याप्त नभए पनि सहरमा सवारी चाप थेगिनसक्नु भएको अवस्थामा उक्त स्थानमा पनि सार्वजनिक यातायातका साधन संचालन गर्नको लागि ९ सदस्यीय सार्वजनिक यातायात सरोकार समिति गठन गरिएको छ। उक्त छलफल बाट उद्दब बिष्टको संयोजकत्वमा ९ सदस्यीय सार्वजनिक यातायात सरोकार समिति गठन गरिएको छ ।जसमा श्रीकृष्ण भण्डारी, हर्क तामाङ ,तिर्थ भण्डारी, कुल बहादुर तामाङ,सिशील गिरि , चन्द्र केसी ,सुनिल गिरि शिवराम कारंजित रहेका छन । उक्त समितिले थप छलफल गरि सार्वजनिक यातायात संचालनको काम अघि बढाउने पनि निर्णय गरेको छ ।