जया मल्टीपल क्याम्पसको १९ औं बार्षिक उत्सबको अवसरमा आयोजित बधाई तथा स्वागत कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं मङ्सिर २३ ।
गोकर्णेश्वर नगरपालिका वडा नं ८ माकलबारीमा संचालित जया मल्टीपल क्याम्पसले आफ्नो १९ औं बार्षिकउत्सबको अवसर पारेर बधाई तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । आज कलेज प्राङ्गणमा कलेजका संस्थापक अध्यक्ष जगन्नाथ देबकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नव निर्वाचित प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे रहेका थिए।
भने बिशेष अतिथिको रुपमा प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा, प्रदेश सभा सदस्य बिमल बिमल ठकुरी , गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल, उप प्रमुख सान्नानी लामा,बरिष्ठ चिकित्सक डा. भोला रिजाल,गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष जयराम महत, वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, वडा नं ७ का वडा अध्यक्ष केशब गुरुङ,शिक्षाविद बिदुर फुयाल,समाजसेवी दिपक सिंहभण्डारी, कलेजका प्राचार्य भवानीप्रसाद पौडेल,प्याब्सनका पुर्व महासचिव एबम हालका उपाध्यक्ष कुमार घिमिरे, गायका कुन्ती मोक्तान सहित क्याम्पसका अध्यापक शिक्षक र बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कलेजका संस्थापक सदस्य देवी घिमिरेले संचालन गरेको कार्यक्रमको प्रमुख अतिथि नव निर्वाचित प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए । बिद्यार्थी ओकि किमोचीले स्वागत मन्तब्य राखेको कार्यक्रममा लामो समय सेवा गरेका शिक्षक कर्मचारीहरुलाई दिर्घ सेवा पदक बाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा नाङल भारे निवासी८२ बर्षीय टिकाराम ढकाल पोखरा उप महानगरपालिका ३१ घर भई हाल माकलबारी निवासी ९३ बर्षीय शिव प्रसाद अधिकारी र १५ वर्षमा नै न्याय सेवामा प्रवेश गरि सेवा पुर्याएका ७२ बर्षीय रामहरी शर्मालाइ बिशेष सम्मान गरिएको थियो । काठमाडौंको पूर्वी भेगमा २०६१ साल बाट छुट्टै पहिचान बनाउदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उक्त संस्थालेउत्कृष्ट बिद्यार्थी हरुलाई समेत सम्मान गरेको थियो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा नव निर्वाचित प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे बिशेष अतिथि प्रदेश सभा सदस्य बिमल ठकुरी बरिष्ठ चिकित्सक भोला रिजाल गोकर्णेश्वर नगर प्रमुख दिपक कुमार रिसाल लगायतले कलेजको उत्तरोतर प्रगतिको कामना गर्दै बिद्यार्थीहरुको उज्ज्वल भबिष्यको कामना गरेका थिए । उनीहरुले देश विकासमा बिद्यार्थीहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै मिहेनत गरेर पढ्न अनुरोध गरेका थिए । मेहनत र लगनका साथ अध्ययन गर्ने हो भने नेपालमै अवसर पाइने हुँदा मेहेनत गरेर अध्ययन गर्नु पर्नेमा उनीहरुको जोड रहेको थियो ।
कार्यक्रमलाइ सम्बोधन गर्दै उनले जया मल्टिपल क्याम्पसमा नियमित पठन पाठन संगै विद्यार्थीहरुको सृजनात्मक विकासमा प्राथमिकता दिएको उल्लेख गर्दै क्याम्पस प्रमुख पौडेलले क्याम्पसको शैक्षिक तथा भौतिक पूर्वाधार उपयोगी रहेको बताएका थिए । दक्ष अनुभवी शिक्षक शिक्षिकाहरु द्वारा अध्यापन गराइने उक्त क्याम्पसमा पढ्ने निर्णय गरेका बिद्यार्थी र अभिभावकहरुलाई कलेजले निरास नबाउने बताउदै बिद्यार्थीहरुको उज्ज्वल शैक्षिक भबिष्य निर्माणमा क्याम्पस प्रतिबद्द रहेको बताएका थिए । कार्यक्रममा बिद्यार्थीहरुले गित नृत्य तथा नाटक बाट मनोरंजन प्रदान गरेका थिए ।