सामाजिक संजालमा जयराम थापाको “केटाकेटी” तर्क
,कपन अनलाइन
काठमाण्डौ ,मंसिर २१।
काठमाण्डौ क्षेत्र नम ४ (२ ) मा नेकपा एमालेका तर्फबाट निर्वाचित प्रदेस सभा सदस्य जयराम थापाले आफ्नो सामाजिक संजालमा आफु एउटा जिम्मेवार पार्टी बाट निर्वाचित भएको भन्ने विर्सेर “केटाकेटी” तर्क गरेका छन।
काठमाण्डौ क्षेत्र नं ४ को प्रतिनिधि सभामा ७ हजार भन्दा पनि बढी मतले पराजित भएको अवस्थामा पनि २ हजार भन्दा बढी मतले विजयो भएका थापाले आफ्नो सामाजिक संजालमा लेख्दै जनमतले कसैलाई पनि बहुमत नदिएर सबै दलहरु मिलेर राष्ट्रीय सरकार बनाउ भन्ने म्यान्डेट दिएको भन्दै हास्यास्पद तर्क गरेका छन।
कूटनीतिक कानुनमा विद्यावारिधि गर्दै गरेका अधिवक्ता थापाले रास्ट्रिय समीकरण र राजनीतिक परिदृश्य समेत नबुझी गरेको हल्का टिप्पणीले क्षेत्रमा विभिन्न चर्चा परिचर्चा सुरु भएको छ।
काठमाण्डौ क्षेत्र नं ४ को संघीय क्षेत्रमा पराजय हुनुमा प्रदेस र जिल्ला कमिटी सदस्यहरुको भूमिका रहेको वडा नं ८ को समिक्षा बैठकमा बताएका थापाले सामाजिक संजालमा राखेको पछिल्लो सामाग्रीले धेरै प्रश्न जन्माएको क्षेत्रको राजनीतिमा उठेको एक सदस्यले बताएका छन।