विविध सामाजिक कार्य गर्दै मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले विश्व स्वयंसेवक दिवस मनायो
कपन अनलाइन
काठमाडौं मंगसिर २० । मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले विविध कार्यक्रम गरि विश्व स्वयंसेवक दिवस मनाएको छ । समाजले असहाय गाईबाछाको भोजनका लागि रु. १५ हजार १०० को खाद्यान्न उपलब्ध गराउँदै उनीहरुलाई खाना खुवाउने कार्य गर्नुको साथै बिभिन्न जातका फलफुलका बिरुवा समेत रोपिएको मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाका सभापति भगवान पुडासैनीले जानकारी गराए ।
सभापति पुडासैनीका अनुसार असहाय गाईबाछा संरक्षण स्थलमा कफि तथा जामुनका बिरुवा रोप्दै ती बिरुवाहरु हुर्काउने प्रतिबद्धता समेत ब्यक्त गरिएको बताए । स्वयंसेवक दिवशकै अवसरमा शान्ति समाज काठमाडौं शाखाले वागमती सफाई समेत सम्पन्न गरेको छ । शान्ति समाज काठमाडौं शाखा नियमित वाग्मती सफाई अभियानमा संलग्न हुदै आएको छ ।
तपाइँको प्रतिक्रिया ।