गोकर्णेश्वर नगरपालिका वडा नं ४ को स्वास्थ्य बिमा सम्बन्धी सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौं, मङ्सिर २० । गोकर्णेश्वर नगरपालिका वडा नं ४ को स्वास्थ्य बिमा सम्बन्धी सार्वजनिक सुचना जारी गरेको छ । वडा अध्यक्ष जयराम महतले जारी गरेको उक्त सुचनामा गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा स्वास्थ्य बिमा कार्यक्रम २०७९ साल मङ्सिर २० गते मंगलबार देखि बिहान १०:३० देखि ३:३० बजे सम्म वडा कार्यलयमा हुने भएको हुँदा वडाबासीहरुले निम्न कागजात सहित स्वास्थ्य बिमा गरि लाभ लिन अनुरोध गरिएको छ ।
आवश्यक कागजात:
परिवारका सदस्यको नागरिकताको फोटोकपी -१ प्रति, १ परिवारका ५ जना सदस्य भएमा रकम रु ३५ सय लाग्नेछ ।
नोट: एकल महिला, बिधुवा महिला, ज्येष्ठ नागरिक ,अपाङ्गता क र ख, महिला स्वास्थ्य स्वयं सेविकार किसान कार्ड भएका परिवारका ५ जना सदस्यसम्म निशुल्क बिमा हुने पनि सुचनामा उल्लेख गरिएको छ । सो को लाभ लिनको लागि सामाजिक सुरक्षा भत्ता किताव अनिवार्य चाहिने पनि उल्लेख गरिएको छ । बिमा कर्ता दिपा लामा ९८१३५७७१२१ ।