अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

कपन अनलाइन

दोहा , मङ्सिर १८  । अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ। शनिबार राती भएको प्रिक्वाटरफाइनल भिडन्तमा अर्जेन्टिनाले अस्ट्रेलियालाई २-१ गोलले हराउदै क्वाटरफाइनलमा प्रवेश गरेको हो  । अर्जेन्टिनाको जितमा लियोनल मेस्सी र जुलियान अल्भारेजले गोल गरे। खेलको ३५ औँ मिनेटमा  मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

अल्भारेजले ५७ औँ मिनेटमा अग्रता दोब्बर बनाएका थिए। ७७ औँ मिनेटमा अस्ट्रेलियाले एक गोल फर्काएको थियो। अस्ट्रेलियन खेलाडीले प्रहार गरेको बल अर्जेन्टिनाका इन्जो फर्नान्डेजलाई डिफ्लेक्ट भएर गोल भएको थियो। अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्ससँग खेल्ने छ।

 

तपाइँको प्रतिक्रिया ।