महिनौ देखि कपन जोरधारा बन्द हुँदा सयौ घरधुरीहरु खानेपानीको सेवाबाट बन्चित

महिनौ देखि कपन जोरधारा बन्द हुँदा सयौ घरधुरीहरु खानेपानीको सेवाबाट बन्चित

कपन अनलाइन

काठमाण्डौ ,मंसिर १५।

कपन जोरधारा खानेपानी संरक्षण  संस्थाको सेवा बन्द हुँदा बुढानिलकण्ठ नगरपालिका वडा नं १०,११ र १२ का सयौ घरधुरीहरु खानेपानीको सेवाबाट बन्चित बनेका छन।

साउन महिनाको अन्तिम साता देखि डिप बोरिङ बन्द भएर रोकिएको खानेपानी वितरणको सेवा महिनौ सम्म बन्द हुँदा सयौ घरधुरीका हजारौ स्थानीयहरु अत्यावश्यक सेवाबाट बन्चित बनेका हुन।

२०५९ साल देखि कपन क्षेत्रमा तिन वडा वडाका विभिन्न स्थानमा पाइपलाइन विस्तार गर्दै खानेपानीको सेवा प्रदान गर्दै आइरहेको कपन जोरधारा खानेपानी संरक्षण संस्थाको सेवा बन्द भए संगै स्थानीयहरु खानेपानी किनेर खान बाध्य बनेका छन।

नयाँ डिप बोरिङ खन्ने कि उपत्यका खानेपानीबाट कपन जोरधारा खानेपानी संरक्षण संस्थाको संरचनामा पानी वितरण गर्ने ?भन्ने विषयमा  केहि महिना बिताइसकेका सरोकारवालाहरुले तदारुकता नलिए हजारौ उपभोक्ताहरु आन्दोलनमा उत्रिन सक्ने एक उपभोक्ताले चेतावनी दिएका छन।

खानेपानी जस्तो संवेदनशील विषयमा अनावस्यक राजनीति हुँदा उपभोक्ताहरु महिनौ सम्म पिडित बन्नु दुखद रहेको भन्दै उनले यथासिघ्र समस्या समाधानको लागि माग समेत गरेका छन।

चाडबाड र चुनाव देखाएर खानेपानी जस्तो विषयमा महिनौ सम्म चरम लापरवाही गरिनु उचित नभएको भन्दै ति उपभोक्ताले यस विषयलाई उच्च प्राथमिकतामा राख्नु पर्ने बताएका छन।

पटक पटक जनप्रतिनिधि र संस्थाका विचमा छलफल भएको र नयाँ डिप बोरिङ खन्ने प्रक्रिया अन्तिम चरणमा पुगेको संस्थाका अध्यक्ष ठाकुर प्रसाद खकुरेलले जानकारी दिएका छन।

बोरिङ खन्नका टेन्डर लगायतका प्रक्रिया सुरु भैसकेको र केहि समयमा नै पानी उत्पादन र वितरण सुरु हुने बताउदै अध्यक्ष खकुरेलले उपभोक्ताहरुलाई परेको समस्याका लागि दुख समेत व्यक्त गरेका छन।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।