गोकर्णेश्वरमा भएको दुर्घटनामा कपनका २६ वर्षीय युवाको मृत्यु

गोकर्णेश्वरमा भएको दुर्घटनामा कपनका २६ वर्षीय युवाको मृत्यु

कपन अनलाइन
काठमाडौं, मंसिर १३  ।

गोकर्णेश्वरमा सवारी साधन दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ भगवतीस्थानस्थित सडकमा बा ९ च ३३८२ नम्बरको कार र प्र–१–०२–००१ प २३३० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालक खोटाङ घर भई काठमाडौँको कपन मिलनचोक बस्ने २६ वर्षीय रवि घिमिरेको गएराति मृत्यु भएको हो ।

दुर्घटनामा सख्त घाइते उनको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।